डिभिजन वन कार्यालय मोरङका शसस्त्र वन रक्षक सुबेदार कुमार बस्नेतलाई यस बर्षको गणेशबहादुर शाही संरक्षण राष्ट्रिय पुरस्कार २०८० प्रदान गरीएको छ ।

वनको संरक्षण, दीगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षणमा पु¥याएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै २०८० को गणेश बहादुर शाही संरक्षण राष्ट्रिय पुरस्कार प्रदान गरीएको हो । वन तथा भू–संरक्षण विभागले आयोजना गरेको समारोहमा बस्नेतलाई पुरस्कृत गरिएको हो ।

बस्नेतलाई ताम्रपत्र तथा नगद ५० हजार रुपैयाँ राशिको पुरस्कार वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र प्रसाद महतोले प्रदान गरेका हुन् ।
देश भरका वन मन्त्रालयका कर्मचारीबीच आन्तरिक प्रतिस्पर्धामार्फत छनौट गरिने उक्त पुरस्कार यसपटक बस्नेतलाई प्रदान गरिएको हो ।

सलकपुर मोरङका स्थायी वासिन्दा बस्नेतले वन कार्यालयमार्फत राष्ट्रसेवामा प्रवेश गरेको तीन दशक भयो । पुरस्कार प्राप्त भएपछि राज्यले गरेको सम्मानप्रति खुशी व्यक्त गर्दै अझ उत्साहका साथ काम गर्ने हौसला मिलेको बस्नेतको भनाइ छ ।

शनिबार, २७ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा