Trending
विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका हिमाल आरोहण गर्दा बुझाउनुपर्ने रोयल्टी (कर) बढाउने सरकारले तयारी गरेको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङले रोल्यटी बढाउने गरी नयाँ नियमावली ल्याउने तयारी भइरहेको बताए ।
उनले यही महिनाभित्र पर्वतारोहणसम्बन्धी नयाँ नियमवली आउनेसक्ने बताए । रोयल्टी कति बढाउन लागिएको हो ? गुरुङले खुलाउन चाहेनन् । यो नियमावली मन्त्रिपरिषदले स्वीकृत गरेपछि लागू हुनेछ ।
साथै, नियमावलीमा दुवै खुट्टा वा दुवै हात नभएकाहरुलाई पनि आरोहण अनुमतिको व्यवस्था गरिने भएको छ । यसअघिको नियमावलीमा नपाउने व्यवस्था रहे पनि हरि बुढामगरले त्यसविरुद्ध मुद्दा दायर गरेपछि सर्वोच्च अदालतले आरोहण गर्न दिन आदेश दिएकाले अब नियमावलीमा पाउने व्यवस्था गर्न लागिएको हो ।
यस्तो छ विद्यमान रोयल्टी शुल्कः
सगरमाथा:
(विदेशीलाई)
वसन्त ऋतुमाः ११ हजार डलर
शरद ऋतुमाः पाँच हजार पाँच सय डलर,
विन्टर/ग्रीष्मा ऋतुमाः दुई हजार ७५० डलर
(नेपालीलाई)
वसन्त ऋतुमाः ७५ हजार रुपियाँ
शरद ऋतुमाः ३७ हजार पाँच सय रुपियाँ
विन्टर/ग्रीष्म ऋतुमाः १८ हजार २५० रुपियाँ
सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल
(विदेशीलाई)
वसन्त ऋतुमाः एक हजार आठ सय डलर
शरद ऋतुमाः नौ सय डलर
विन्टर/ग्रीष्म ऋतुमाः ४५० डलर
(नेपालीलाई)
वसन्त ऋतुमाः १० हजार रुपियाँ
शरद ऋतुमाः पाँच हजार रुपियाँ
विन्टर/ग्रीष्म ऋतुमाः दुई हजार पाँच सय रुपियाँ
सात हजारदेखि सात हजार ९९९ मिटर अग्ला हिमाल
(विदेशीलाई)
वसन्त ऋतुमाः छ सय डलर
शरद ऋतुमाः तीन सय डलर
विन्टर/ग्रीष्म ऋतुमाः १५० डलर
(नेपालीलाई)
वसन्त ऋतुमा छ सय रुपियाँ,
शरद ऋतुमा तीन सय रुपियाँ,
विन्टर/ग्रीष्म ऋतुमा १५० रुपियाँ
सात हजारदेखि सात हजार पाँच सय मिटर अग्ला हिमाल
(विदेशीलाई)
वसन्त ऋतुमाः पाँच सय डलर
शरद ऋतुमाः २५० डलर
विन्टररग्रीष्म ऋतुमा १२५ डलर
(नेपालीलाई)
वसन्त ऋतुमाः छ हजार रुपियाँ,
शरद ऋतुमाः तीन हजार रुपियाँ
विन्टर/ग्रीष्म ऋतुमाः एक हजार पाँच सय रुपियाँ
छ हजार ५०१ मिटरदेखि छ हजार ९९९ मिटरका हिमाल
(विदेशीलाई)
वसन्त ऋतुमाः चार सय डलर
शरद ऋतुमाः दुई सय डलर
विन्टर/ग्रीष्म ऋतुमा सय डलर
(नेपालीलाई)
वसन्त ऋतुमाः पाँच हजार रुपियाँ
शरद ऋतुमा दुई हजार पाँच सय रुपियाँ
विन्टर/ग्रीष्म ऋतुमा एक हजार २५० रुपियाँ
अमा दब्लम हिमाल
(विदेशीलाई)
वसन्त ऋतुमाः चार सय डलर
शरद ऋतुमाः चार सय डलर
विन्टर/ग्रीष्म ऋतुमाः दुई सय डलर
(नेपालीलाई)
वसन्त ऋतुमा आठ हजार रुपियाँ
शरद ऋतुमा आठ हजार रुपियाँ
विन्टररग्रीष्म ऋतुमाः चार हजार रुपियाँ
छ हजार पाँच सय मिटरभन्दा मुनीका हिमाल
(विदेशीलाई)
वसन्त ऋतुमाः २५० डलर
शरद ऋतुमाः १२५ डलर
विन्टर/ग्रीष्म ऋतुमाः ७० डलर
(नेपालीलाई)
वसन्त ऋतुमा चार हजार रुपियाँ
शरद ऋतुमा दुई हजार रुपियाँ
विन्टर/ग्रीष्म ऋतुमाः एक हजार रुपियाँ
नेपालमा रहेका आठ वटा आठ हजार मिटर अग्ला हिमालहरु ः
सगरमाथाः ८,८४८.८६ मिटर
कञ्चनजंगाः ८५८६ मिटर
ल्होत्सेः ८५१६ मिटर
मकालुः ८४६३ मिटर
चो ओयुः ८२०१ मिटर
धौलागिरीः ८१६७ मिटर
मनास्लुः ८१६३ मिटर
अन्नपूर्ण–१ ८०९१ मिटर
नेपालमा नरहेका आठ हजार मिटर अग्ला हिमाल
केटुः ८६११ मिटर
नाङ्गा पर्वतः ८,१२५ मिटर
गसेरब्रुम–१ः ८०६३ मिटर
ब्रोडपिकः ८०४७ मिटर
गसेरब्रुम–२ः ८,०३५ मिटर
शिशपाङ्माः ८,०१२ मिटर