नेपाल र पाकिस्तानबीच सहयोगका विविध आयाम रहेको र दुवै मुलुकले प्रगति र विकासमा साझेदारीका साथ अघि बढ्नुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारले जोड दिएका छन् ।

नेपाल विश्व सम्बन्ध परिषद्ले आयोजना गरेको ‘नेपाल–पाकिस्तान सहयोग र भविष्यका सम्भावना’ विषयक कार्यक्रममा उनीहरूले द्विपक्षीय सहयोगले व्यापार र पर्यटनमा सहयोग, संयुक्त उद्यमका साथै आर्थिक, औद्योगिक, वैज्ञानिक, प्राविधिक र सांस्कृतिक सहयोग जस्ता विभिन्न क्षेत्रलाई समेटेको उल्लेख गरे ।

कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै द्विपक्षीय उच्चस्तरीय भ्रमणको आदानप्रदान हुँदै आएको उल्लेख गर्दै यस्ता भ्रमणको आदानप्रदानले द्विपक्षीय मित्रता र सहयोगलाई सुदृढ र प्रगाढ बनाउन महत्वपूर्ण योगदान दिएको बताए । नेपाल र पाकिस्तानबीच सन् १९६० मा औपचारिकरूपमा कूटनीतिक सम्बन्ध स्थापित भएको हो । दुवै देशले स्वतन्त्रता, सार्वभौमता, र अहस्तक्षेपको सिद्धान्तको आपसी सम्मान गर्दै आएको बताउँदै उनले नेपाल र पाकिस्तानबीच औपचारिक भ्रमणका साथै अन्तर्राष्ट्रिय मञ्चका आवसरमा साइडलाइन बैठक समेत हुँदै आएको स्मरण गरे ।

दुवै देशबीच जनता, सरकार र व्यापारीबीच सहयोगको लामो इतिहास रहेको बताउँदै राजदूत हाश्मीले समान भाषा संस्कृति रहेको दुवै मुलुकले पछिल्लो समय जलवायु परिवर्तनका समान अवसरको समेत सामना गर्नुपरेको धारणा व्यक्त गरे । परिषद्का अध्यक्ष हेमन्त खरेलले नेपाल र पाकिस्तानले क्षेत्रीय र विश्वव्यापी सरोकारका विषयमा समान दृष्टिकोण राख्दै आएको बताउँदै दुवै देशबीचको सम्बन्ध नेपालको सगरमाथा र पाकिस्तानको माउन्ट के टु जस्तै मैत्रीपूर्ण, विश्वासयोग्य, सौहार्दपूर्ण र बलियो रहेको उल्लेख गरे ।

पाकिस्तानले नेपालको विकास प्रयासमा औद्योगिक परियोजनामा सहयोगका साथै नेपाली विद्यार्थीलाई उच्च अध्ययनका लागि छात्रवृत्ति प्रदान गरी सहयोग गरेकामा उनले प्रशंसा गरे । द्विपक्षीय सहयोगको प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्रमा दुवै देशलाई सुन्दर हिमाल र रमणीयस्थल प्रदान गरेको उल्लेख गर्दै उनले यसलाई देश र जनताको समृद्धिको क्षेत्रमा उपयोग गर्न संयुक्तरूपमा पहल गर्नुपर्नेमा जोड दिए ।

दुवै देशका राजदूतावासले लगानी, व्यापार र पर्यटनका क्षेत्रमा थप सहयोग प्रवर्द्धन गर्न संयुक्तरूपमा काम गर्नुपर्ने उनको धारणा थियो ।

शुक्रबार, २६ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे