काठमाडौंको कपन क्षेत्र हुदै बग्ने यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरूपमा फर्काउने काम शुक्रबारदेखि सुरू हुने भएको छ ।

काठमाडौँं महानगरपालिका र बुढानीकण्ठ नगरपालिकाबीच पहिला पुरिएका खोलाहरु खोलेर पुरानै स्वरुपमा फर्काउने काम शुक्रबारदेखि सुरू गर्ने सहमति भएको हो ।

काठमाडौं महानगरपालिकाले खोला खोल्नका लागि बिहीबार डोजर परिचालन गरेकोमा स्थानीय केही ब्यक्तिहरुको विरोधका कारण स्थागित गर्नुपरेको थियो । त्यसपछि काठमाडौंका मेयर बालेन्द्र शाह र बूढानीलकण्ठका मेयर मिठाराम अधिकारीबीच भएको वार्तामा दुवै खोला खोलेर पुरानै स्वरुपमा फर्काउने सहमति भएको हो ।

काठमाडौंले शुक्रबारदेखि धोबीखोलातर्फबाट चखुँचाखोला खोल्न सुरु गर्ने भएको छ । जहाँसम्म खोला पुरिएका छन् त्यहाँसम्म खोल्ने सहमति भएको छ । काठमाडौं र बूढानीलकण्ठबीच सीमाङ्कन, रेखाङ्कन र नापजाँच गर्ने सहमति समेत भएको छ ।

यज्ञमती र चखुँचाखोला अतिक्रमण गरी निर्माण गरिएका सवै संरचना भत्काइने भएको छ । पछिल्लो डेढ दशकमा भूमाफियाले खोला मिचेर अव्यवस्थित आवास क्षेत्र बनाएका छन् । जसका कारण यज्ञमति र चखुँचाखोला ढलमा परिणत भएका छन् । वर्षामा भने दुवै खोलाको बाढी सडकमा बग्दा कपन क्षेत्र डुबानमा पर्दै आएको छ ।

शुक्रबार, २६ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

भोटखोला गाउँपालिकाद्धारा आर्चरी खेलाडी सम्मानीत