बागमती प्रदेशमा गाईर्भैँसीमा तीव्ररूपमा फैलिएको लम्पी स्किन रोगविरुद्धको सप्ताहव्यापी खोप अभियान  सुरु भएको प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा तीव्ररूपमा फैलिएको लम्पी स्किन रोगको नियन्त्रण तथा रोकथामका लागि उक्त अभियान नै सञ्चालन गरेर प्रदेशको ९१ वटा स्थानीय तहमा  एकैपटक खोप लगाउने कार्य सुरु गरेको मन्त्रालयका पशु डा शरण पाण्डेले बताए ।

उनका अनुसार प्रदेशका १३ जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट बिहीबारदेखि एकैपटक खोप अभियान सुरु गरिएको हो । मन्त्रालयले प्रदेशका १३ जिल्लाका ५० हजार गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।

मन्त्रालयले खोप अभियान सञ्चालनका लागि सम्बन्धित जिल्लाको विज्ञ केन्द्रमार्फत एक सय ४६ जना भ्याक्सिनेटर नियुक्त गरेको छ । उक्त अभियानका लागि ४८ हजार पाँच सय ५० डोज खोपको सुनिश्चितता भएको डा पाण्डेले बताए ।

मन्त्रालयले भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र ललितपुरको १६ स्थानीय तहका लागि २४ जना भ्याक्सिनेटर र छ हजार तीन सय खोप, भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मकवानपुरको १० स्थानीय तहका लागि १९ जना भ्याक्सिनेटर र सात हजार डोज खोप, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र नुवाकोटको १७ स्थानीय तहका लागि १७ जना भ्याक्सिनेटर र छ हजार डोज खोप र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धादिङको पाँच स्थानीय तहका लागि २६ जना भ्याक्सिनेटर र पाँच हजार दुई सय ५० डोज खोप उपलब्ध गराइएको छ ।

यसैगरी भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनको सात स्थानीय तहका लागि १४ जना भ्याक्सिनेटर र सात हजार पाँच सय डोज खोप, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र दोलखाको १३ स्थानीय तहका लागि १३ जना भ्याक्सिनेटर र चार हजार पाँच सय डोज खोप, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र काभ्रेको छ स्थानीय तहका लागि १२ भ्याक्सिनेटर र छ हजार पाँच सय डोज खोप र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र सिन्धुलीका १७ स्थानीय तहका लागि २१ भ्याक्सिनेटर पाँच हजार पाँच सय डोज खोप उपलब्ध गराइएको छ ।

प्रदेशमा हालसम्म उक्त सङ्क्रमणबाट छ हजार दुई सय ९१ गाईभैँसीको मृत्यु भएको छ भने एक लाख १० हजार चार सय ४० सङ्क्रमित भएका छन् । रोगबाट १३ जिल्लाका दुई लाख चार हजार नौ सय ८८ पशु प्रभावित भएको डा पाण्डेले बताए ।

शुक्रबार, २६ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे