file photo

विगत दश वर्षदेखि डाँसबहादुर डाँगी माहुरीपालन व्यवसायमा सक्रिय छन् । उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बङ्गलाचुली गाउँपालिका–४ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

उनले स्थानीय जातको सेरेना माहुरीलाई व्यावसायिकरुपमा पालन गर्दै आएका छन्। उनले भने, “सेरेना माहुरीलाई जङ्गलबाट खोजेर ल्याउनुपर्छ । पछिल्लो समय करिब डेढ सय घार बनाउन सफल भएको थिएँ । विविध कारणले पनि पछिल्लो समय माहुरीको घार सङ्ख्या घटेको छ ।”

वडाध्यक्षमा निर्वाचित भएपछि घरभन्दा जनताका लागि समय दिन थालेपछि माहुरीको घार घट्न पुगेको उनले बताए । उनले भने, “राजनीति मात्रै गर्दा घरमा बढी समय दिन पाइन्थ्यो तर अहिले जनप्रतिनिधि भएपछि घरभन्दा जनताको काममा बाहिर बढी समय दिनुपर्ने भएको छ । यसले गर्दा घरमा माहुरीलाई समय दिन पाएको छैन ।”

पहाडी क्षेत्रमा चिउरीलगायतका विभिन्न फलफूलका बिरुवा हुने भएकाले चरणको समस्या नहुने भए पनि माहुरीलाई अरिङ्गाल र बच्छिउबाट बचाउन समस्या हुने गरेको उनले बताए । उनले भने, “शून्य घारबाट सुरु गरेको माहुरीलाई बढाउँदै डेढ सयसम्म लगेको थिए, तर राजनीतिमा लागेपछि घरमा समय दिन पाइँदैन यसले गर्दा माहुरी अहिले माहुरीको घार घटेर ५० देखि ६० घार मात्रै भएका छन् ।”रासस

शुक्रबार, २६ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

भोटखोला गाउँपालिकाद्धारा आर्चरी खेलाडी सम्मानीत