नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले पाकिस्तान र नेपालबीच सिधा हवाई उडान पुनः सञ्चालनका निम्ति आफू लागिपरेको बताएका छन् ।

पाकिस्तानी राजदूतले दुई राष्ट्रबीचको सिधा उडान पुनः प्रारम्भ गर्न पाकिस्तान इन्टरनेशनल एयरलाइन्स आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए । उनले निजी क्षेत्रका अन्य विमान सेवा पनि विकल्पमा रहेका बताए ।

आफूले राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रियसभाका अध्यक्ष, अर्थ एवं परराष्ट्रमन्त्रीलगायत अन्य विशिष्ट व्यक्तिहरूसँगका भेटमा पनि व्यापार, पर्यटन, जनस्तरको सम्पर्क स्थापनालाई अझ व्यापक बनाउन हवाई उडान महत्त्वपूर्ण हुने भएकाले त्यसैलाई उच्च प्राथमिकतामा राखेर कुरा गरेको बताए ।  सबैले सिधा हवाई सेवा पुनःसञ्चालनप्रति समर्थन जनाएको पनि राजदूत हास्मीले बताए ।

परराष्ट्र सचिवस्तरीय पाकिस्तान–नेपाल परामर्श संयन्त्र, संयुक्त आयोग, कृषि तथा पर्यटनसम्बन्धी संयुक्त कार्यदल, संयुक्त व्यापार परिषद्लगायत सबै द्विपक्षीय संयन्त्रका बैठक आयोजना गर्न नेपाल सरकारका सम्बद्ध निकायसँग निरन्तर छलफलमा रहेको पाकिस्तानी राजदूतले जानकारी दिए ।

पाकिस्तान र नेपालबीच कूटनीतिक सम्बन्ध कायम भएयता सात हजारभन्दा बढी नेपालीले शिक्षा, स्वास्थ्य, सेना, नागरिक उड्डयनलगायत क्षेत्रमा पाकिस्तानबाट शिक्षा हासिल गरेका जानकारी दिँदै पाकिस्तानी राजदूतले नेपालको विकास प्रयासमा आफ्नो देशले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बिहिबार, २५ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा