म्याग्दीको मालिका गाउँपालिका–३ किटिनिमा चिया खेती गर्न थालिएको छ । मालिका गाउँपालिकाले जिल्लामै पहिलो पटक किटिनिमा चिया खेती सुरु गरेको हो ।

मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले करिब आठ रोपनी पाखोमा चार हजार आठ सय चियाका बिरुवा रोपिएको जानकारी दिए । “बाँझो पाखो खनजोत र मल हालेर चियाका बिरुवा रोपिएको हो,” उनले भने, “बाँझो जमिनको सदुपयोग, रोजगारी र आयआर्जनको अवसर सिर्जनाका साथै पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले चिया बगान स्थापना गरिएको हो ।”

कास्कीको माछापुच्छ«े गाउँपालिका–८ को ल्वाङ गाउँबाट बिरुवा ल्याएर किटिनिमा रोपिएको हो । समुन्द्र सतहदेखि एक हजार ८०० मिटरको उचाइएमा रहेको डाडाँगाउँको हावापानी र भूगोल अनुकूल भएकाले चियाखेतीको परीक्षण गरिएको वडाध्यक्ष बुढाले बताए।

किटिनीकै जस्तो हावापानी, भूगोल र उचाइ भएको ल्वाङको चियाखेती सफल भएको छ । चियाखेतीका लागि मालिका गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा पाँच लाख विनियोजन गरेको थियो । सो बजेटबाट बिरुवा, मल खरिद, तारबार र जग्गा खनजोत गरिएको छ ।

गोरक्ष आधारभूत र अमरज्योति माविको कक्षा ७ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीले प्रयोगात्मक अभ्यासका लागि चियाको बिरुवा रोप्न श्रमदान गरेका थिए । एक सयजना विद्यार्थीले दुई दिन चियाको बिरुवा रोप्ने काम गरेका थिए । वडा कार्यालय परिसरमा रहेको पाखोमा चियाको बगान तयार पार्न फुर्सदको समयमा जनप्रतिनिधि र कर्मचारीले पनि काम गरेको थियो । म्याग्दीमा हाल कुनै पनि ठाउँमा चिया खेती भएको छैन् ।

अन्नपूर्ण गाउँपालिकाको खिवाङमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप)ले बीस वर्षअघि स्थापना गरेको चिया बगान संरक्षण र उपभोग अभावमा अस्तित्वमा छैन् । चिया खेती सफल भएमा निजी जग्गामा पनि विस्तार गर्ने योजना रहेको वडाध्यक्ष बुढाले बताए । पहाडको शिरमा भिराखो पाखोमा अवस्थित किटिनीबाट धवलागिरि, अन्नपूर्ण, माछापुच्छ«े, गुर्जा हिमाल, पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको अवलोकन गर्न सकिन्छ ।

चियाबारीको पृष्ठभूमिमा हिमालको अवलोकन गर्न पर्यटक भित्र्याउन सकिने सम्भावना छ । चिया बिक्री गरेर आयआर्जन र रोजगारीको अवसर सिर्जना हुने अपेक्षा गरिएको छ । रासस

बुधबार, २४ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे