राष्ट्रिय बणिज्य बैंकले झण्डै ५ अर्ब रुपैया खुद नाफा गरेको छ । बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९ /८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा बैंकले ४ अर्ब ९१ करोड ७१ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको चौंथो त्रैमासको तुलनामा १४.५४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा पनि बैंकले ४ अर्ब २९ करोड २८ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा वृद्धि भएकाले नै खुद नाफा बढ्न पुगेको हो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३२.९४ प्रतिशतले बढेर १२ अर्ब ३५ करोड ८३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी ९ अर्ब २९ करोड ५९ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, बैंकको संचालन नाफामा पनि १८.७७ प्रतिशतको बढोत्तरी देखिएको छ । समिक्षा अवधिमा बैंकको यस्तो नाफा ६ अर्ब ९० करोड ९५ लाख ५७ हजार रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड २८ लाख ७३ हजार रुपैयाँ छ । यसका आधारमा बैंकले आफ्ना सेयरधनीहरुलाई यस वर्ष ११.५९ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ । बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने ३४ अर्ब ५८ करोड ८९ लाख २३ हजार रुपैयाँ राखेको छ । बैंकको जगेडा कोषको आकार भने अघिल्लो वर्षको तुलनामा दोब्बर वृद्धि अर्थात २.३० गुणाले बढी हो ।

गत वर्ष बैंकले ३ खर्ब २१ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ अर्ब ३० अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । समिक्षा अवधिमा बैंकको खराब कर्जा भने बढेको छ । अघिल्लो वर्ष २.०९ प्रतिशत रहेको यस्तो कर्जा गत वर्ष भने २.९५ प्रतिशत पुगेको छ ।

आइतवार, २१ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा