सत्तारूढ नेपाली कांग्रेस पार्टी संगठन सुदृढीकरण गर्न शनिबारदेखि गाउँ पसेको छ। महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिनुपर्ने कांग्रेसले डेढ वर्ष बित्दा पनि त्यो काम गर्न सकेको छैन।

सांगठनिक अवस्था लथालिंग रहेको अवस्थामा उसले गाउँगाउँमा कांग्रेस भन्ने १० दिने अभियान सुरु गरेको हो। पार्टी सभापति शेरबहादुर देउवाको १८ बुँदे निर्देशन बोकेर जिल्लाजिल्ला पुगेका केन्द्रीय प्रतिनिधिहरूले शनिबार १० दिने अभियान सुरु गरेका छन्। आन्तरिक विशेष अभियान नाम दिएर संगठन सुधारका लागि कांग्रेसले प्रतिनिधिसभा प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने भएको हो।

जिल्लामा खटिएका नेताहरूले पार्टी संगठनको अवस्था, विधानअनुसार गठन हुनुपर्ने संरचना गठन भएनभएको, स्थानीय सरकार र पार्टीबीचको सम्बन्धजस्ता विषयमा छलफल गरी संरचना निर्माणसहितका विषयमा सहजीकरण गर्ने जनाइएको छ।

भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूको अवस्थाबारे जानकारी लिने र छलफल गर्ने काम पनि केन्द्रीय प्रतिनिधिहरूले गर्नेछन्। उनीहरूलाई जिल्लाको अवस्थाबारे केन्द्रमा प्रतिवेदन केन्द्रमा बुझाउन भनिएको छ।

कांग्रेसको हालै सम्पन्न केन्द्रीय समिति बैठकले भदौ १० देखि २४ गतेसम्म दोस्रो चरणको राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। बैठकले संगठन सञ्चालनका लागि एक वर्षे कार्यक्रम पनि तयार पारेको छ।

आइतवार, २१ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा