file photo

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने गरी कानुन नबन्ने बताएका छन ।

नेपाल प्रेस युनियनले आज काठमाडौँमा आयोजना गरेको सूचना प्रविधि विधेयकमाथिको छलफल कार्यक्रममा मन्त्री गुरुङले सञ्चार माध्यमलाई नभई सामाजिक सञ्जाललाई नियमन गर्ने विषयमा छलफल भएको बताए ।

सूचना प्रविधि विधेयकबारे व्यापक छलफल भएको र शीर्ष नेताको बैठकमा त्यो कुरा उठेको भन्दै मन्त्री गुरुले सामाजिक सञ्जालमा जे पायो त्यही विषयलाई समाचार बनाएर बाहिर ल्याउँदा विकृति फैलिएकाले त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भएको बताए ।

आमसञ्चार माध्यमलाई नियन्त्रण गर्ने गरी विधेयक बनाउनुपर्छ भन्ने कुरा नआएको जिकिर गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल नियमनका लागि विधेयक मस्यौदा गरेको र त्यसका लागि सम्बन्धित विभिन्न पक्षसँग छलफल गरी सुझाव सङ्कलन गरिरहेको आफूले जानकारी पाएको पनि मन्त्री गुरुङले बताए ।

कार्यक्रममा सहभागी पत्रकारहरूले भने सञ्चार माध्यम र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने ढंगले कानुन बनाउन नहुने धारणा राखेका थिए ।

शनिबार, २० साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे