कोरोना महामारीका कारण घटेको पर्यटन आगमन दर पछिल्लो महिना महामारीअघिकै अवस्थामा फर्किन लागेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जुलाई महिनामा ५७ हजार ७२६ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ को जुलाईको तुलनामा यो वर्षको सातौँ महिनामा २९ प्रतिशतले सुधार भएको छ । सन् २०२२ को जुलाईमा ४४ हजार ४२६ पर्यटक नेपाल भित्रिएका थिए ।

सन् २०२३ को सात महिना (जनवरी–जुलाई) मा मात्रै पाँच लाख ३४ हजार २०७ पर्यटक नेपाल भित्रिएका छन् । बोर्डका अनुसार सन् जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७९३, मेमा ७७ हजार ७०१, जुनमा ७२ हजार २५० पर्यटक नेपाल आएका छन् ।

बेमौसममा पनि नेपाल भित्रिएका पर्यटकलाई सन्तोषजनक रूपमा लिन सकिने पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेले कोरोना महामारीका कारण घटेको पर्यटक आगमन बिस्तारै सन् २०१९ कै लयमा फर्किन लागेको जानकारी दिए ।

यस पटक चिनियाँ पर्यटकको आगमन दरमा निकै सुधार देखिएको उनले बताए। पछिल्लो छ महिनामा दोस्रो बढी नेपाल भित्रिएका अमेरिकी पर्यटकको सङ्ख्यालाई पछि पार्दै जुलाईमा कुल भित्रिएका पर्यटकको ९.९ प्रतिशत चिनियाँ पर्यटक रहेको बताए ।

बोर्डको तथ्याङ्क अनुसार पछिल्लो सात महिनामा सबैभन्दा बढी भारतबाट एक लाख ८८ हजार, अमेरिकाबाट ५४ हजार नौ सय, बेलायतबाट २७ हजार आठ सय र चीनबाट २५ हजार आठ सय पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुलाईमा मात्र भारतबाट २१ हजार तीन सय, चीनबाट पाँच हजार छ सय, अमेरिकाबाट पाँच हजार पाँच सय र बेलायतबाट तीन हजार छ सय रहेका छन् ।

कोरोना महामारीका कारण घटेको चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ । महामारी सुरु हुनुभन्दा अघि दोस्रो धेरै पर्यटक भित्रिने चीनबाट १० देखि १५ प्रतिशतसम्म चिनियाँ पर्यटक नेपाल आउने गरेका थिए । यो वर्षको जुलाई नौ प्रतिशत चिनियाँ पर्यटक नेपाल आएका छन् ।

जुलाई महिनामा विश्वभरबाट नेपाल भित्रिएका ५७ हजार ७२६ पर्यटकमध्ये पाँच हजार ६९३ चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ को जुलाईमा एक हजार ५९३ चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए ।

शनिबार, २० साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा