पाकिस्तानी राजदूतावासले आज कश्मीरीहरूको यूम ए इस्तेसल विषयक कार्यक्रम गरेको छ । कार्यक्रममा प्रतिष्ठित लेखक, सञ्चारकर्मी, पाकिस्तानी डायस्पोरा र विश्लेषकहरूका साथै नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै, राजदूत अबरार एच हाश्मीले महत्वपूर्ण घटनाक्रम र भारतको छ अगस्ट २०१९ को कारबाही र विवादित क्षेत्रमा मानवअधिकार उल्लङ्घनको चिन्ताजनक तीव्रताको बारेमा अन्तर्राष्ट्रिय विश्वव्यापी प्रतिक्रियाहरूका बारेमा आफ्नो धारणा राखे । उनले वर्तमान भारतीय व्यवस्थाले चुनावी लाभका लागि ‘फल्स फ्ल्याग अपरेशन गरेर बहुमतलाई दबाएको आरोप लगाए ।

आत्मनिर्णयको अधिकारको केन्द्रविन्दु र संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमा प्रकाश पार्दै राजदूत हाश्मीले सन् २०१९ को अगस्ट र त्यसपछि जनवरी २०२० मा भएको विभिन्न छलफललाई उल्लेख गरे।

सहभागीहरूले कब्जा गरेको जम्मु र कश्मीर र गम्भीर मानवअधिकार उल्लङ्घनलाई जोड दिए। विशेष गरी संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय, ईयू, ह्युमन राइट्स वाच, एम्नेस्टी इन्टरनेशनल र इस्लामिक देशहरूको संगठन ओआईसीद्वारा उनीहरूको व्यापक अन्तर्राष्ट्रिय निन्दालाई उल्लेख गरे ।

छलफलमा सहभागीहरूले जम्मु कश्मीरका जनताको चाहना र संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्तावअनुसार विवादको समाधान गर्न आग्रह गरे। क्षेत्रीय शान्ति सुरक्षाका लागि दशकौंदेखि सबैभन्दा ठूलो चुनौती बनेको विवाद समाधान गर्न तत्कालै जोड दिनुपर्नेमा पनि उनीहरुले जोड दिए ।

उनीहरुले जम्मू कश्मीरका जनताको आत्मनिर्णयको अधिकार सहितको अधिकारको रक्षा र सुनिश्चित गर्ने महत्वपूर्ण जिम्मेवारी अन्तर्राष्ट्रिय समुदायको रहेको बताए । भारतले गैरकानुनी रूपमा कब्जा गरेको जम्मु कश्मीरका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो।

शुक्रबार, १९ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा