रुकुमपश्चिमको मुसिकोट नगरपालिका – १० झ्याङका झुपलाल खड्काका लागि लसुन खेती नौलो होइन । तर त्यो परिवारको खपतमा मात्रै सीमित थियो । आर्थिक वर्ष २०७५र७६ देखि वडा कार्यालयले लसुनको बिउ उपलब्ध गराउन थालेपछि उनी व्यावसायिक लसुन खेतीमा लागेका हुन् ।

अहिले उनी वडाभित्र धेरै लसुन बिक्री गर्ने किसानमा सबैभन्दा अगाडि छन् । उनका अनुसार पछिल्लो एक सिजनमा लसुन बिक्रीबाट एक लाख ६१ हजार आम्दानी गरे । “पहिले लसुन बिक्रीबाट यति राम्रो आम्दानी हुन्छ भन्ने थाहै थिएन”, उनले भने, “व्यावसायिक लसुनखेती गरेपछि भने राम्रो आम्दानी भइरहेको छ ।”

वडा कार्यालयले लसुनको व्यावसायिक खेतका लागि पहल गरेपछि यतिबेला वडा कार्यालयका अधिकांश लसुन खेतीमा लागेको उनको भनाइ छ । यतिबेला खड्कासँगै वडाको चौरका खिमबहादुर ओली, गलमपाटीकी सकुन्तला बुढालगायतले किसानले लसुन बेचेर राम्रो आम्दानी गरिरहेको छ । व्यवसायी पनि लसुन खरिद गर्न घरमै आउने गरेका छन् ।

“हामीले फलाएको लसुन किन्न व्यापारी गाउँमै आउछन्, बजारको कुनै पनि समस्या छैन”, सकुन्तला बुढाले भने । व्यापारीलाई किसानसम्म सम्पर्क गरिदिने काम भने वडा कार्यालयले गरेको छ ।

“आर्थिक वर्ष २०७५/७६ देखि किसानलाई व्यावसायिक रुपमा लसुन खेतीका लागि बीउ वितरण गरेका छौँ, त्यसपछि यसमा लाग्नेको सङ्ख्या बढेको छ”, वडा अध्यक्ष धनबहादुर खड्काले भने ।

मुिसकोट नगरपालिका–१० लसुन खेतीको लागि राम्रो ठाउँ मानिन्छ । सुरुमा वडा कार्यालयले किसानका लागि लगानी गर्दै आए पनि पछिल्लो समयमा कृषि विकास कार्यालयले पनि वडामा लसुन उत्पादन बढाउन सहयोग गर्दै आएको छ ।

चालु आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत कृषि विकास कार्यालयले वडामा लसुन ब्लक र पकेट क्षेत्र घोषणा गरी काम गरिरहेको छ । लसुन उत्पादन बढाउनका चालु आवमा परियोजनाबाट १५ लाख बजेट विनियोजन भएको वडा अध्यक्ष खड्काले जानकारी दिए । उनका अनुसार वडाका किसानले गत आवमा साढे तीन सय क्विन्टल लसुन बिक्री गरेका थिए ।

वडाका झ्याङ, झाँडारी, जुगेखोर्या, गलमपाटी, खर्सुपानी, चौर र भेरीखोला टोलमा उत्पादन भएका लसुन सदरमुकाम खलङ्गासहित जिल्ला बाहिर पनि पुग्ने गरेको छ । उनका अनुसार गत आवमा यहाँका किसानले ३५ लाखको लसुन बिक्री गरेका छन् । वडाबाटै प्रतिकिलो रु एक सय १० का दरले लसुन बिक्री गरिएको हो ।

बिहिबार, १८ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

भोटखोला गाउँपालिकाद्धारा आर्चरी खेलाडी सम्मानीत