Trending
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको आईसीसी सदस्यमा संखुवासभाका राजकुमार थापा र चक्र गुरुङ निर्वाचित भएका छन् ।
२०२३ देखि २०२५ सम्मको कार्यकालकालागि थापा र गुरुङ निर्वाचित भएकाहन् । निर्वाचित भएसंगै एनआरएनए, पोर्चुगल अभियान्ता, अग्रज, विभिन्न संगठन आबद्ध प्रतिनिधि र सम्पुर्ण सदस्यप्रति थापा र गुरुङले आभार व्यक्त गरेका छन् ।
एनआरएनए अभियानको निरन्तरताको क्रममा आफूले गरेका प्रतिवद्दताहरु पुरा गर्ने बिश्वास पनि दुबैजनाले दिलाएकाछन् । सबै एनआरएनए पोर्चुगलका सदस्यले उठाएका मुद्धाहरुलाई पनि सम्बोधन गर्न उचित पहल गर्ने उनीहरुले प्रतिबद्धता जनाएका छन् ।
लामो समयदेखि पोर्चुगलमा बस्दै आएका थापा र गुरुङ समाजिक काममा समेत सकृय छन् । अफ्नो कार्यकालमा पोर्चुगलमा बस्ने नेपालीहरुको हितमा काम गर्ने दुबैजनाको लक्ष्य छ ।
पोर्चुगलमा भएको गैर आवासीय नेपाली संघ पोर्चुगलको नवौं महाधिवेशन एकताको महकाधिवेशन भएको छ । राजकुमार थापा यो संगै एनआरएनए पोर्चुगलका महासचिव, नेपाल पत्रकार महासंघ युरोपका उपाध्यक्ष, युरोप नेपाली खबरका प्रधान सम्पादक छन् ।
आफूले जितेसंगै चक्र गुरुङले भने पोर्चुगलमा बस्ने सम्पूर्ण नेपालीहरुको हक अधिकारको रक्षाको लागि लड्ने प्रतिक्रिया दिएकाछन् । नेपालबाट पोर्चुगल आएका नेपालीहरुको सुरक्षा, काम र पाउने अधिकारको बारेमा आफू लागि पर्ने बताएका छन् ।