file photo

संखुवासभा मकालुकी १० पटक सगरमाथा आरोहण गरेकी लाक्पा शेर्पाबारेको ‘माउन्टेन क्वीन ः द समिट्स अफ लाक्पा शेर्पा’लाई डकुमेन्ट्री विधामा छानेको छ ।

क्यानडाको विश्व प्रतिष्ठित टोरन्टो फिल्म फेस्टिभलले पनि यस वर्षको संस्करणमा १० पटक सगरमाथा आरोहण गरेकी शेर्पा महिला लाक्पा शेर्पाबारेको ‘माउन्टेन क्वीन ः द समिट्स अफ लाक्पा शेर्पा’लाई डकुमेन्ट्री विधामा छानेको हो ।

सार्वजनिक गरिएको फेस्टिभल लाइनअपमा यो डकुमेन्ट्री पनि समावेश छ । दुई पटक ओस्कार अवार्डमा मनोनित निर्देशक लुसी वाकर निर्देशित यो फिल्म टोरन्टोमा विश्व प्रिमियर हुन लागेको हो ।‘नेपाली महिलाको असाधारण कथा, जसले १० पटक सगरमाथा आरोहण गरिसकेकी छन्,’ डेडलाइन हलिउड म्यागजिनले उल्लेख गरेको छ, ‘एकल आमा समेत रहेकी लाक्पा शेर्पा नेपालमा हुर्किएकी निरक्षर हुन् । गत वर्ष छायांकनको समयमा उनी कनेक्टिकट होल फ’ड्समा भाँडा माझ्ने काम गरिरहेकी थिइन्, दुई किशोरी छोरीलाई हुर्काउँदै ।’

म्यागजिन लेख्छ, ‘तर कुनै पनि महिलाभन्दा बढी सगरमाथा आरोहण गर्ने व्यक्तिको रूपमा उनको अर्को जीवन छ र यो फिल्मले उनलाई पछ्याइरहेको छ, किनकि उनले आफ्ना छोरीको लागि राम्रो जीवन बनाउन प्रयास गरिरहेकी छन् ।’ टोरन्टोको डक्स ओपनिङ नाइट फिल्म विधामा यो फिल्म छनोट भएको हो ।

हलिउडमा लेखक र कलाकारले विभिन्न माग राख्दै हड्ताल जारी राख्दा टोरन्टोले डकुमेन्ट्री विधातर्फको लाइनअप घोषणा गरेको हो । टोरन्टोले अन्य लाइनअप घोषणा गर्न भने बाँकी छ । संखुवासभा जस्तो दुर्गम जिल्लामा जन्मिएर अन्तर्राष्ट्रिय छबी बनाउन सफल कीर्तिमानी आरोहि लाक्पाले संखुवासभाको मात्र हैन, नेपाललाई बिश्वसामु चिनाएकी छन् ।

सोमवार, १५ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !