Trending
देशभरका होटल ब्यवसायीहरु संखुवासभामा भेला भएका छन् । संखुवासभाको पर्यटन प्रवर्धनका लागि होटल ब्यवसायी महासंघको केन्द्रिय सचिवालय बैठक तथा राष्ट्रिय भेला संखुवासभामा सम्पन्न भएको ।
पर्यटनको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा थप टेवा पुर्याउने उदेश्यले पुर्वी पहाडी जिल्लाहरुको पर्यटन संभावना र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनका लागि संखुवासभाको सदरमुकाम खाँदबारीमा राष्ट्रिय भेलाको आयोजना गरिएको होटल ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष दिनेश कुमार चुकेले जानकारी दिए । हरेक राष्ट्रिय कार्यक्रमहरु केन्द्र र सहरी क्षेत्रमा मात्र आयोजना गरिन्छन तर यसपाली संखुवासभा जस्तो दुर्गम क्षेत्रमा समेत राष्ट्रिय स्तरको भेला र सभा सम्मेलन भब्य रुपमा सम्पन्न गर्न सकिन्छ भन्ने शन्देश दिन होटल ब्यवसायी महासंघ सफल भएको अध्यक्ष चुकेले बताए ।
पुर्वी पहाडी जिल्ला संखुवासभा चिनको स्वसाशित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको जिल्ला हो । रुद्राक्ष, अलैंचि अल्लो, जलबिद्युत/हाईड्रोपावरको राष्ट्रिय हबका रुपमा रहेको संखुवासभा पर्यटकिय हिसावले समेत प्रचुर संभावना बोकेको जिल्ला हो । सुदुर पश्चीमका धेरै जिल्लाहरुबाट समेत होटल ब्यवसायीहरु सुदुर पुर्वको संखुवासभा संम्म सहज रुपमा आईपुगेका छन् ।
संखुवासभा होटल ब्यवसायी संघका अध्यक्ष डाक्टर प्रसाद पराजुलीले संखुवासभा आईपुगेका देशभरका जिल्लाका होटल ब्यवसायीहरुलाई यहाँको धार्मिक र पर्यटकिय संभावनाका बारेमा जानकारी गराएका थिए । संखुवासभामा देशकै अर्थतन्त्रमा मजबुत योगदान गर्न सक्ने चिन, नेपाल र भारत जोड्ने त्रिदेशिय अर्थतन्त्रलाई जोड्न सक्ने लिंक रोड किमाथांका–जोगवनी सडक, ५ हजार बढि मेगावाट बिद्युत उत्पादन क्षमता रहेको जलबिद्युत आयोजना तिव्र गतिमा निर्माणाधिन छ ।
संखुवासभाको पर्यटन बिकासमा महासंघको भुमिका बिषयमा आफ्नो धारणा राख्दै जिल्ला अध्यक्ष पराजुलीले संखुवासभामा बार्षिक रुपमा १० अर्व बढिको आर्थिक कारोबार गर्दैआएको रुद्राक्ष, २ अर्व बढिको कारोबार हुँदै आएको अलैंचि, १ अर्व बढिको कारोबार गर्ने अल्लो आदीजस्ता प्रमुख नगदेबालिहरुका बारेमा जानकारी दिए ।
बिश्वको पाचौं अग्लो मकालु हिमाल, बिश्वको सबैभन्दा होचो उपत्यका अरुण उपत्यका लगायत बिभिन्न धार्मिक पौराणिक महत्व बोकेका दर्जनौं तिर्थस्थलहरु रहेको जानकारी गराए । बिश्वको सबैभन्दा बढि ४ सय ३२ प्रजातिका पुतली र बिश्वका ३६ प्रजाति मध्ये २८ प्रजातिका लालि गुराँस पाईने गुराँसको राजधानी तिनजुरे, मिल्के जलजले तिएमजे क्षेत्र यसै संखुवासभा जिल्लामा रहेको छ । पौराणिक कालमा बेद पुराणमा समेत समेटिएका बरुण र साल्दीम भेल्ली, त्यसैगरि सतिदेवीको दाहिने आँखा पतन भएको किंवदन्ती रहेका शिद्धकाली, प्रशिद्ध तिर्थस्थल मनकामना धाम, वालेश्वर गुफा, गुफा पोखरी, सभापोखरी ताल, शिवधारा लगायतका पर्यटकिय स्थलहरुका बारेमा देशभरका होटल ब्यवसायीहरुलाई जानकारी गराईएको थियो ।
स्थानीय उत्पादन रुद्राक्षको माला र अल्लोका सामग्रीहरु समेत प्रदर्शनिमा राखिएको थियो । कार्यक्रममा सहभागि ६६ बढि जिल्लाका होटल ब्यवसायीहरुले आ–आफ्ना जिल्लामा रहेका प्रमुख पर्यटकिय गन्तब्यस्थलका बारेमा जानकारी दिँदै भ्रमणका लागि हार्दिकतापुर्वक निमन्त्रणा आदान प्रदान गरेका थिए । उनिहरुले सुदुर पश्चिम देखि सुदुर पुर्व सम्मका होटल ब्यवसायको वर्तमान अवस्था, नयाँ संभावना र समस्याका बारेमा खुलेर अन्तरक्रिया गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा अधिकांश बक्ताहरुले स्थानीय र संघिय सरकारले होटल ब्यवसायलाई उपेक्षा गरेको धारणा राख्दै पर्यटन प्रवर्धनको प्रमुख माध्यम होटल ब्यवसायलाई सहुलियत ऋण र उचित ब्याजदरको ब्यवस्था गरिनुपर्ने माग राखेका थिए । लाखौंलाई रोजगारीको अवसर दिलाईरहेका ठुला होटल ब्यवसायी र लगानीकर्ताहरु आर्थिक मन्दीका कारण धरासायी बनेको अवस्थामा सरकारले होटल ब्यवसायलाई प्रोत्साहन र टेवा दिन प्याकेजमा राहत र सहुलियतका कार्यक्रम ल्याउनुपर्ने उनिहरुको माग छ ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले होटल ब्यवसायीहरुको समस्या चुनौति आफुले नजिकबाट अनुभव गर्नपाएको भन्दै राष्ट्रिय स्तरको भेला संखुवासभामा गर्ने कार्यक्रम राखेकोमा होटल ब्यवसायी महासंघ केन्द्रिय समितिलाई बिषेस धन्यबाद प्रकट गरेका थिए । उनले जिल्लामा रहेका स्थानीय पालिकाहरुलाई होटल ब्यवसायी मैत्री निति निर्माणका लागि आग्रह गर्ने समेत प्रतिवद्धता जनाए ।