रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर ७ मा रहेको साँखदह पछिल्लो समय आन्तरिक पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । जिल्ला सदरमुकाम रहेकै पालिकामा रहेको र मध्यपहाडी लोकमार्गको छेउमा रहेको सुन्दर साँखगाउँको मध्यभागमा रहेको यो दह अवलोकनका लागि पर्यटकहरु पुग्ने गरेका छन्।

वर्षाको कारण भरिएको दह, चारैतिरको हरियाली वातावरण र स्थानीय सरकारले पर्यटनमैत्री विभिन्न संरचना निर्माण गरेपछि साँखदहले आन्तरिक पर्यटकहरुलाई लोभ्याउन थालेको हो । अहिले विभिन्न संरचना निर्माणपश्चात् साँखदहको स्वरुप बदलिएको वडाध्यक्ष एक्कबहादुर पाण्डेले बताए ।

नेपाल सरकारको विशेष अनुदानमार्फत साँखदहमा विभिन्न संरचना बनाएपछि पछिल्लो समय दह अवलोकनका लागि पर्यटक आउन थालेका छन् । दह परिसरमा पर्यटन प्रवर्द्धनका लागि गेट निर्माण गरिएको छ भने प्रतीक्षालय, दह वरिपरि बाटो, रेलिङ बनाइएको छ । त्यसैगरी, दहमा मिसिन आउने अनावश्यक पानीको निकासका लागि पीसीसी नाला मेत निर्माण गरिएको छ।

वडाध्यक्ष पाण्डेले दहमा संरचनाहरु व्यवस्थित गरिएपछि पशुचौपायहरु जथाभावी जानबाट रोकिएको छ । तालमा वर्षायाममा पानी भरिन्छ भने हिउँदयाममा पानी कम हुने गर्दछ । वडाध्यक्ष पाण्डेले तालमा बाह्रै महिना पानी भरिभराउ बनाउन बाहिरको पानी ल्याउने योजना रहेको सुनाए । अहिले दहको विभिन्न भागमा पानीका मुहानहरु फुट्ने गरेका छन् ।

दहमा प्रवेशद्वार, प्रतीक्षालय र दह वरिपरि ढुङ्गा बिच्छ्याएपछि घुम्न लायक भएको मुसीकोट नगरपालिका १ का डम्बर थापाले बताए । थापाले दह व्यवस्थित नहुँदा भैँसीहरु आहाल बसेको, दह पुरिँदै गएको देखिने गरे तापनि अब भने हेर्न र घुम्न लायक भएको बताए । तालको अवलोकनका लागि चारैतिर पैदल मार्ग भएर सहजै हिँड्न सकिने र थकाइ लागेमा प्रतीक्षालयमा आराम गर्न सकिने व्यवस्था रहेको थापाले बताए ।

आइतवार, १४ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे