भरतपुर महानगरपालिका वडा नं २५ शुक्रनगरका किसान छवि न्यौपानेले आफूले प्राङ्गारिक खेती गर्दै अरुलाई पनि अभियानमा जोडएकाछन् । न्यौपानेले प्राङ्गारिक खेती अभियान सञ्चालन गरेका छन् ।

न्यौपानेले भरतपुर–२५ मा नौ बिघा र वडा नं २८ मा सात बिघा जमिनमा प्राङ्गारिक तरकारी र खाद्यान्न उत्पादन गर्दै आएकाछन् । उनले प्राङ्गारिक मल र विषादी आफैँले बनाएर प्रयोग गर्ने गरेकाछन् ।

मौसमअनुसारको तरकारीसँगै उनले खाद्यान्नबाली धान, गहुँ, मकै, तोरी लगाउने गर्नुभएको छ । उनले गोठे मल, कम्पोष्ट मल, जीवामृत, पञ्चामृत, वेष्ट डिकम्पोजर, निमास्त्रजस्ता मल र विषादी आफँैले उत्पादन गर्दै आएको बताए । विसं २०७४ देखि तरकारीखेती सुरु गरेका उनी त्यसको दुई वर्षपछि पूर्णरुपमा प्राङ्गारिक खेतीतर्फ लागेकाछन् ।

उनका अनुसार वस्तुको आलो गोबर र पिसाबबाट जीवामृत बनाउने गरिन्छ । त्यसमा दालको पिठो, भेली, अक्सिजन दिने रुख मुनिको माटो मिसाएर जीवामृत बनाइन्छ । यसले माटोलाई मलका रुपमा परिणत गर्दछ । मौसमअनुसार १५ देखि २२ दिनसम्म राखेपछि यो तयार हुन्छ । यसलाई भाडोमा राखेर ‘स्प्रे’ गरिन्छ ।

उनले धनजीवामृत बनाएर मलको काम गराउँदै आएकाछन् । यसमा जीवामृतमा प्रयोग हुने सामग्रीमा पिना र उखुको छोक्रा मिलाएर ४५ दिन राखेपछि तयार हुन्छ । यसले मलको काम गर्दछ । बोटको डाँठ र जरालाई बलियो बनाउन पञ्चामृत उनी आफैंले बनाउँछन् । यसले धेरैभन्दा धेरै फूल फुलाउने, फूल र बतिला झर्नबाट जोगाउने गर्दछ । एउटा भाँडोमा आलो गोबर घिउ मिसाएर चार पाँच दिन राख्ने गरिन्छ । यसैगरी अर्को भाडामा दूध, दही, केरा, भेली, हरियो नरिवलको पानी, बजारको केमिकल युक्त दाना नखाएको गाईको पिसाब, घोलेर चार पाँच दिन राखिन्छ । दुवैलाई मिसाएर ड्रममा बिर्को लगाएर २०–२२ दिन राख्नुपर्ने उनी बताउँछन् । दैनिकरुपमा यसलाई चलाउनुपर्छ । यसले पोषणको काम गर्दछ ।

‘वेष्ट डिकम्पोजर’ उनले बनाउने गरेकाछन् । यसको मुख्य बीउ भारतबाट आउँछ । त्यो गाईको पिसावबाट बनेको हुन्छ । त्यसमा भेली र पानी हालेर राखेर बनाउनुपर्छ । दुई सय लिटर पानीको ट्याङ्कीमा यो झोल १० लिटर र दुई किलो भेली मिसाएर बढीमा १० दिनमा तयार गरिन्छ । न्यौपानेले यसले बालीको जरालाई स्वस्थ बनाउने र हानिकारक किटाणुसँग लड्न सहयोग पु¥याउने बताए ।

किरा नियन्त्रणका लागि उनले निमास्त्र बनाउने गरेकाछन् । निमको पात, तितेपाती, सीताफलको पात, गाईको शुद्ध पिसाब मिसाएर एक महिना राखेपछि छानेर यसमा पानी थपेर बालीमा प्रयोग गरिन्छ । ढुसीका लागि आँकको पात, गाईको पिसाब बाक्लो हुने गरी पकाउने, अर्को भाँडामा मेवाको पात र पिसाब पनि बाक्लो हुने गरी पकाउने तथा सेलाएपछि दुवै मिसाउने गरिन्छ । यसमा घरको शुद्ध बेसार, पिरो खुर्सानीको लेदोसमेत मिसाएर एक हप्ता राख्ने गर्नुपर्छ । एक हप्तापछि लसुनको लेदो बनाएर मिसाउनु पर्छ । यसलाई ड्रममा राखेर १५ देखि २० दिनसम्म दैनिक घोलेपछि यो तयार हुन्छ ।

दुई सय ५० मिलिलिटर यो झोल १६ लिटर पानीमा मिसाएर छरेपछि ढुसी नियन्त्रण हुने न्यौपाने बताउँछन् । यसरी आफैँले विभिन्न मल र औषधि तयार गरेर तरकारी तथा खाद्यान्न उत्पादन गर्दै गर्दा वर्षमा रु ३० लाख हाराहारीको बिक्री गर्न सकेको उनी बताउँछन् । उनले जग्गाको अवस्था हेरेर प्रतिकट्ठा एक वर्षको रु एक हजार दुई सयदेखि रु चार हजारसम्म तिर्ने गरी भाडामा लिएर खेती गर्दै आएकाछन् । प्राङ्गारिक खेती भएकाले अन्यको तुलनामा २० प्रतिशत हाराहारी बढी मूल्यमा उनले तरकारी तथा खाद्यान्न बिक्री गन्र्छन् ।

यहाँको उत्पादन बागलुङ, पोखरा र काठमाडौँ जाने गरेको छ । उनले मकैको च्याख्ला बनाएर बिक्री गर्दै आएकाछन् । आफ्नो वडालाई कम्तीमा ‘विष पकाउन छोड’ भन्ने अभियान उनले सुरु गरेकाछन् । स्थानीय २१ घरधुरीलाई रोजगारी दिलाउँदै आएका न्यौपाने प्राङ्गारिक उत्पादनको महत्व अझै बुझाउन नसकेको बताउँछन् ।

रासायनिक मल र विषादी प्रयोग गरेको तुलनामा सस्तोमा आफूले उत्पादन गर्न सकेको उनको भनाइ छ । उनले भने, “मलाई महँगोमा बेच्नै पर्दैन, किनभने मेरो उत्पादन लागत नै सस्तो छ ।” आफैँले मल र औषधि उत्पादन गर्ने भएकाले कम खर्चमा उत्पादन धेरै गर्न सकेको उनको भनाइ छ ।

आइतवार, १४ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा