File Photo

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार र तस्करीका बिरुद्ध जेहाद छेड्ने कदम नरोकिने बताएका छन् ।

आइतबार समाजवादी मोर्चामा आबद्ध पार्टी निकटका विद्यार्थी संगठनहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचार र तस्करीका बिरुद्ध जेहाद छेड्ने क्रम नरोकिने बताएका हुन् ।

उनले सरकारले भ्रष्टाचार, तस्करी, राज्यको सम्पती दोहन, शोषण र बेथितिहरुका बिरुद्धमा जेहाद छेडिरहेको बताए । यहाँले सरकारको यो कदम निरन्तर अगाडी बढ्ने स्पष्ट पारे । उनले आगामी दिनमा भ्रष्टाचारका अरु फाइलहरु पनि खुल्दै जाने बताए ।

प्रधानमन्त्री दाहालले सरकारले थालेको यस लडाइँमा आम जनताको पनि साथ आवश्यक भएको भन्दै साथ दिन आग्रह पनि गरे ।

उनले भने, – ‘जसरी अहिले भ्रष्टाचार बिरोधी या राज्यका सम्पत्ति व्यक्तिले दोहन गर्ने, शोषण गर्ने जो बेथितिका बिरुद्ध या तस्करीका विरुद्ध एउटा जेहाद छेडिएकै छ । म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु, यो कदम यहीँ रोकिनेवाला छैन । यो कदम निरन्तर अगाडी बढ्नेवाला छ ।

 

आइतवार, १४ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई