Trending
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै राजनीतिक दलहरुलाई समाजवादी मोर्चामा आउन आह्वान गरेका छन् ।
आइतबार समाजवादी मोर्चामा आवद्ध पार्टी निकटका विद्यार्थी संगठनहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्र र जनताको हितका निम्ति समाजवादी मोर्चामा आउन आह्वान गरेका हुन् ।
उनले देशको हीत हुने नीति अवलम्बन गर्न र जनताको चाहना अनुरुपको परिपाटी बसाल्नका निम्ति पनि राजनीतिक दलहरुका बीचमा एकताको आवश्यकता रहेको बताए ।
उनले समानता, समृद्धि र न्यायको नाम नै समाजवाद भएको भन्दै समाजवाद स्थापनाका परिवेश निर्माण गर्न सबै लाग्नुपर्ने बताए ।