भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले लम्पि स्किन महामारी रोगले भोटखोलामा ठुलो क्षति पु¥याउदै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भोटखोला गाउपालिकाको ५ वटै वडामा लम्पिस्किन रोगले ग्रसित बनाएकोमा चिन्ता व्यक्त गरेका हुन । प्रत्यक वडाले १ लाख बराबारको औषधि किनेर आ– आफ्नो वडामा लैजाने योजना रहेको उनले उल्लेख गरे । २ नम्बर वडाले औषधि गाउमा पुर्याएर सकेसम्मको उपचार गरिरहेको पनि उनले उल्लेख गरेका छन ।

साउन १४ गते औषधि सहित वडा नम्बर ४ र ५ हेर्ने गरि थप एक जना पशु स्वास्थ्य कर्मचारीको व्यवस्थापन गरेको उनको भनाई छ । वडा नम्बर ३ र २ को चेपुवा हेर्ने गरि १६ गते औषधि सहित थप पसु स्वास्थ्य कर्मचारी पुग्ने अध्यक्ष भोटेले बताए । वडा नम्बर २ र १ हेर्ने गरि गाउपालिकाको पशु स्वास्थ्य शाखा प्रमुख लाफ्साङ भोटे खटी रह्नु भएको छ ।

हामी संग पशु स्वास्थ्य जनशक्ती नभएकोले ब्यबस्थापन गर्न ढिलो भएको स्वीकार्दे जनताहरुलाई उचित समयमा सेवा पुर्याउन नसकेकोमा क्षमा समेत मागेका छन । यो रोगबाट अहिले सम्म १६ वटा गाइबस्तु र चौरी मरेको भन्दै यसलाई चाडै निमुर्ल गरीने उनको भनाई छ । । यहाँका ४ सय ५० भन्दा बढिलाई उपचार गराइ सकेको पशु स्वास्थ्य शाखा प्रमुख लाफ्साङ्ले बताए । यो महामारी रोग बिरुद्ध स्थानिय सरकारको प्रयास मात्र सम्भव नहुने भन्दै प्रदेश र संघीय सरकारसंग पनि कुरा राखेको अध्यक्ष वाङछेदर भोटेको भनाई छ ।

पशु पालक कृषकहरुले पनि रोग लागि सकेको बस्तुलाई सकेसम्म अलक राखी दिन भोटेले आग्रह गरेका छ । लम्पि स्किन रोग अहिले राष्ट्रिय व्यापी रुपमा फैलदै गएको छ । संघीय सरकार, प्रदेश सरकारले पनि यो रोगबाट किसानमा पु¥याएको क्षति अपुरणिय भएको भन्दै चाडै नियन्त्रणमा आउने आश्वासन दिएका छन् । अझ कोशी प्रदेशका अन्य जिल्लामा यो रोग बढी फैलिएको छ ।

अध्यक्ष भोटेले आफू किसानको छोरो भएकाले यस रोगबाट किसानलाई पुगेको क्षतिको बारेमा आफू जानकार रहेको भन्दै नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने आश्वासन दिएका छन ।

शनिबार, १३ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे