Trending
एकै परिवारका चारदाजुभाईले केटु हिमालको सफल अरोहण गरेर नयाँ बिश्व कीर्तिमान कायम गरेकाछन् ।
प्रख्यात हिमाल आरोहि आङदावा शेर्पा, मुक्ता शेर्पा, पेचुम्बे शेर्पा र निमा दोर्ची शेर्पाले पाकिस्तानमा रहेको माउण्ट केटु हिमालको सफल आरोहण गरेर नयाँ बिश्व कीर्तिमान कायम गरेका हुन् ।
बिश्वको दोस्रो सर्वोच्च शिखर पाकिस्तानमा रहेको माउण्ट केटु आरोहणकालागि सबै भन्दा कठिन मध्येको एक हो । संखुवासभाको मकालु गाउँपालिकाका चारजान दाजुभाईले सेभेन समिट ट्रेकबाट केटु हिमालको अरोहण गरेका हुन् ।
आङदावा शेर्पा लामो समयदेखि अमेरिकामा बस्दै आएकाछन् । सामाजिक काममा समेत सकृय आङदावा शेर्पा दाजुभाईले नयाँ बिश्वकीर्तिमान रचेका हुन् ।