नर्वेकी हिमाल आरोही क्रिष्टिना हेरिलाले तिन महिनामै ८ हजार मिटर माथिका १४ हिमाल आरोहण गरेर कीर्तिमानी कायम गरेकी छन् । यससँगै नेपालका निर्मल पुर्जाको कीर्तिमानी तोडिएको छ ।

उनले बिहीबार विश्वकै दोस्रो अग्लो हिमाल फाकिस्तानको माउन्ट केटुको सफल आरोहण पश्चात कीर्तिमानी राख्न सफल भएकी हुन् ।
उनीसँगै तेन्जिङ शेर्पाले पनि पाकिस्तानको माउन्ट केटुको सफल आरोहण गरेका छन् ।

सेभेन समिट ट्रेक्सका एक्पेन्डिसन डाइरेक्टर चाङ दावा शेर्पाले क्रिष्टिना र तेन्जिङले बिहीबार बिहान नेपाली समय अनुसार ११ः३० मा विश्वकै सबैभन्दा दोस्रो अग्लो हिमालको सफल आरोहण गरेको जानकारी दिए ।

उनीहरूले तीन महिनामा १४ वटा आठ हजारभन्दा अग्ला हिमालको सफल आरोहण गरेको डाइरेक्टर शेर्पाले जानकारी दिए ।

यसअघि नेपालका निर्मल पुर्जाले ७ महिनाभन्दा कम समयमा आठ हजार मिटरभन्दा माथिका १४ हिमालको आरोहण गरेर कीर्तिमान राखेका थिए । यससँगै क्रिष्टिनाले पुर्जाको कीर्तिमानी तोड्न सफल भएकी छन् ।

क्रिष्टिनाले यसअघि सगरमाथाको चुचुरोबाट लोत्से हिमाल सबैभन्दा छोटो समयमका आरोहण गर्ने महिलाको कीर्तिमानी समेत राखेकी छन् । उनी धावक तथा क्रस-कन्ट्री स्की खेलाडी पनि हुन् ।

शुक्रबार, १२ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा