अमेरिकाको व्यस्त जीवनकाबीच रमाईलो । आहाँ कस्तो होला रु धेरैलाई एकदमै रमाईलो महशुस गरेको भान गराउँछ । एक सकेण्ड फूर्सद नहुने अमेरिकाको दैनीकीकाबीच पनि बर्षमा एक दिनको जमघट गर्ने अवसर मिलाउदै आएको छ संखुवासभा समाज अमेरिकाले । सबैलाई स्वतन्त्र र उर्जाशिल जीवन नै मन पर्छ । व्यस्तताका बाबजुद पनि रमाईलो गर्न मन नपराउने सायदै होलान । मान्छे सामाजिक प्राणी भएकाले सबैलाई भेटघाट गर्न रमाईलो गर्न पनि पर्छ नै । त्यसमा पनि अमेरिकामा रहेका नेपालीहरुलाई यो देश र जिल्लाबासीप्रतिको सद्भाव र एकता अनि नेपाली गितसंगितमा झुम्न, नाँच्न, गाउँन र रमाईलो गर्न कति अवसर पार गर्दे यो दिन कुर्नु पर्ने हुन्छ । यस्तै संखुवासभा समाज अमेरिकाले जुराई दिएको यो दिनमा धेरै संखुवासभालीहरु पिक्निमा झुमे, गाए र रमाए पनि । नेपाली गित संगितमा ।

समाजले प्रत्येक बर्ष समर पिक्नि आयोजना गर्दे आएको छ । पिक्नीकमा संखुवासभाबाट अमेरिकामा बसोबास गर्दे आएका संखुवासभालीहरुको बाक्लो जमघट भएको थियो । समाजकी अध्यक्ष तथा समाजसेवी शान्ति श्रेष्ठले सबै आगन्तुकहरुलाई स्वागत गर्दे एकता र सद्भावकालागि पिक्नीक भएको बताउनु भएको थियो । पिक्नीकमा सबै संखुवासभालीहरुले नेपाली गितमा नाच्दै, गाउँदै रमाईलो गरेका थिए । लामो समय पछि नेपाली गितसंगितमा झुम्न पाउदा सहभागिहरु हौसिएका देखिन्थे ।
संखुवासभालीहरुको एकताकोलागि प्रत्येक बर्ष समर पिक्नीक आयोजना गर्ने चलन छ । आठ बर्ष अघि स्थापना भएको यो संस्था अमेरिकामा नेपालीहरुबीच धेरै लोकप्रिय छ । अमेरिकामा रहेर पनि संखुवासभालाई मायाँ गर्ने मात्र हैन, यहाँको बिकास, स्वास्थ्य, शिक्षा, सञ्चारलगायतको क्षेत्रमा संस्थाले महत्वपूर्ण काम गर्दे पनि आएको छ । बालबालिकाको शिक्षा, आपत बिपतमा परेका र आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाईसमेत सिफारिसको आधारमा संस्थाले धेरै महत्वपूर्ण सहयोग गर्दे आएको छ । नेपालबाट अमेरिकामा पुगेका नेपालीहरुसंग समन्वय र सहयोग गर्दे संस्थाले बिभिन्न उपलब्धिमुलक काम पनि गर्दे आएको छ । संस्थाका अध्यक्ष शान्ति श्रेष्ठ, महासचिव हरिकुमार श्रेष्ठलगायतका पदाधिकारी नेपाल आउदासमेत बिभिन्न समाजिक काममा सम्लग्नता हुने गरेको छ । संखुवासभाली मात्र हैन, सम्पूर्ण नेपालीहरुबीच सहकार्य गर्दे आएको यस संस्थाले सामाजिक एकता र अपनत्वको भावना सृजना र एकआपसमा परिचित हुनसमेत अमेरिकामा पिक्नीकलागयतका बिभिन्न कार्यक्रमसमेत आयोजना गर्दे आएको समाजका महासचिव हरिकुमार श्रेष्ठले बताउनुभयो ।
एक बर्ष पछि आयोजना गरीएको पिक्निकमासमेत स्वस्फूर्त रुपमा धेरै संखुवासभालीहरुले सहयोग पनि गरेका थिए । मनोज श्रेष्ठ, बासुदेव श्रेष्ठ, रत्नप्रभा श्रेष्ठ, माधव श्रेष्ठ, मुकेश श्रेष्ठ, श्याम श्रेष्ठ, सुजता श्रेष्ठ, शान्ति श्रेष्ठ, हरिकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, गजेन्द्रबहादुर केसी, दिनेश श्रेष्ठ, कर्मा भोटीया, सुरेन्द्र श्रेष्ठ, सन्तोष काफ्ले, मिरा श्रेष्ठ, पार्वती श्रेष्ठ, नारायणचन्द्र श्रेष्ठ, रेनुका श्रेष्ठ, प्रमोद श्रेष्ठ, डम्बर श्रेष्ठ, मनिषा श्रेष्ठ, शरद श्रेष्ठ, देवानन्द श्रेष्ठ, सुष्मा श्रेष्ठ, पदमराज तामाङ, ह्यारी श्रेष्ठ, गौलचन प्रधान, स्नेहा श्रेष्ठ, निरञ्जन पोखरेललगायतले पिक्निक सफल पार्न सहयोग गरेका थिए । पिक्निकमा कोलोराडोका बिभिन्न प्रतिष्ठित संघ संस्थाका अध्यक्ष, प्रतिनिधि, समाजसेवी र उद्योगि व्यपारिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । त्यसैगरी डेनभर सिटी, बोल्डर सिटी, लङ्गमोण्ट सिटी, थोटनसिटीलगायतमा बस्ने संखुवासभालीहरुको पनि पिक्निकमा सहभागिता रहेको थियो । पिक्निक जुलाई २३ मा अरोरा सिटीमा भएको थियो । पिक्निकमा झण्डै २ सय ७५ भन्दा बढी नेपाली परिवारको जमघट भएको महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।

बिहिबार, ११ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !