प्यूठानमा मासु तथा अण्डा उत्पादनमा बृद्धि हुँदै गएको छ । पछिल्ला केहि वर्ष अघिसम्म जिल्ला बाहिरवाट मासु तथा अण्डा आयात गर्दै आएकोमा अहिले आत्मनिर्भर भएको छ ।

पछिल्लो केहि वर्षयता मासु तथा अण्डा प्यूठानबाट अन्य जिल्लामा निर्यात हुन थालेको छ । एकिकृत कृषि तथा पशुपंछी कार्यालय प्यूठानले आर्थिक वर्ष २०७८र७९ मा उत्पादन बढेर ३ हजार ४ सय १३ मेट्रिक टन पुगेको जनाएको छ ।

जिल्लालाई वार्षिक ३ हजार २ सय मेट्रिक टन आवश्यक पर्ने भएपनि मासु उत्पादनमा बृद्धि भएसँगै प्यूठान मासुमा आत्मनिर्भर भएको हो । किसानहरु बाख्रापालन तथा कुखुरापालन व्यवसायतर्फ आकर्षित भएपछि जिल्ला बाहिर निर्यात गर्ने अवस्थामा पुगेको एकीकृत कृषि तथा पशुपन्छी कार्यालय प्यूठानका पशुचिकित्सक हरिनारायण थारुले बताए ।

केहि समय पहिलासम्म जिल्लाको माग धन्न नसक्दा विभिन्न जिल्लाबाट खसी,राँगा तथा कुखुरा आर्यात हुँदै आएको थियो । प्रतिब्यक्ति वार्षिक १४ केजी मासु आवश्यकता पर्ने भएपनि प्यूठानमा त्यो भन्दा बढी मासु उपलब्ध भएको एकिकृत कृषि तथा पशुपन्छी कार्यालयले जनाएको छ ।

बुधबार, १० साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान