एक वर्षको अवधिमा २९ हजार जनाभन्दा बढी पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । अघिल्लो वर्ष २०७८/७९ मा सात हजार नौ सय २६ जना विदेशी पर्यटकले भ्रमण गरेको म्याग्दीमा गत आर्थिक वर्ष २०७९/८० मा २९ हजार तीन सय २८ जना पर्यटकले भ्रमण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा म्याग्दी भित्रने पर्यटकको संख्या २२ हजार २१ र बाहिरिनेको सात हजार तीन सय सात जना रहेको छ । घोडेपानीको पर्यटक प्रहरी चौकीका साथै बेनी, भुरुङ तातोपानी र दरवाङस्थित प्रहरीचौकीले जिल्ला भित्रने र बाहिरिने पर्यटकको विस्तृत विवरणसहितको तथ्याङ्क राख्ने गर्छन् ।

म्याग्दीमा आउने पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी पर्यटकको रोजाइमा घोडेपानी, पुनहिल क्षेत्र पर्ने गरेको छ । धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, खोपारा, अन्नपूर्ण धौलागिरि, धौलागिरि सेञ्चुरी, धौलागिरि चक्रीय, धौलागिरि आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत धार्मिक, प्राकृतिक र ऐतिहासिकस्थलको भ्रमणका लागि म्याग्दीमा पर्यटक आउने गर्छन् ।

छिमेकी पर्यटकीय जिल्ला मुस्ताङमा म्याग्दीको सडक भएर जाने गर्छन् । अमेरिका, फ्रान्स, इटली, जर्मनी, कोरिया, चीन, भारत, पोर्चुगल, अस्ट्रेलिया, नेदरल्याडका साथै भारतीय पर्यटक धेरै आउने पर्यटकीयस्थल घोडेपानीको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताइन् । ‘अघिल्लो वर्षको तुलनामा गत वर्ष पर्यटक आगमन बढे पनि अपेक्षाकृत होइन’, उनले भनिन्, ‘पथ प्रर्दशक बिना पदयात्रामा जान नपाउने नियमका कारण कम आयस्रोत भएका र एक्ले घुम्न चाहने पर्यटक आएनन् ।’ कोभिडपछि २०७६ यता यसपालि धेरै पर्यटक आएका हुन् ।

सबैभन्दा बढी २०७९ कात्तिकमा पाँच हजार छ सय २०, वैशाखमा पाँच हजार दुई सय २२, चैतमा चार हजार सात सय ९४, मंसिरमा तीन हजार २९, असोजमा दुई हजार चार सय ८५ जना पर्यटकले भ्रमण गरेका छन् । साउनमा छ सय ५२, भदौमा नौ सय ८९, पुसमा एक हजार सात सय १४, माघमा नौ सय ६१, फागुनमा एक हजार सात सय २३, जेठमा एक हजार छ सय ४९ र असारमा चार सय ९० पर्यटकले म्याग्दी भ्रमण गरेका प्रहरी कार्यालयको तथ्याङ्क छ ।

आव २०७६/७७ मा ५० हजार, आव २०७५/७६ मा ७५ हजार एक सय ९१, २०७४/७५ मा ७४ हजार सात सय ३३, २०७३/७४ मा ६९ हजार आठ सय ३७ जना विदेशी पर्यटकले म्याग्दी भ्रमण गरेका थिए । आव २०७२/७३ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको संख्या ४३ हजार छ सय ३२ जना र २०७७/७८ मा शून्य थियो ।

बुधबार, १० साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !