रोल्पाका दुर्गम रुन्टीगढी र त्रिबेणी गाउँपालिकाका प्रत्येक घरमा अहिले करेसाबारी भेटिन्छ । करेसावारी भएपछि स्थानीयहरु बिषाधीयुक्त तरकारी खानबाट जोगिएका छन् भने जैविक उत्पादनले शरीर स्वस्थ राख्न पनि मद्दत पुगेको छ । करेसाबारीबाट स्थानीयहरुले ताजा तरकारी फलाउन थालेपछि अन्य पालिकाका वासिन्दालाई पनि उदाहरणीय बनेको छ ।

रोल्पाको रुन्टीगढी गाउँपालिका ७ सालीबाङकी रमा राउतले आफ्नो घरमा करेसाबारी बनाएकी छिन । उनले करेसाबारीमा दैनिक आवश्यक पर्ने ताजा तरकारी उत्पादन गर्ने गरेकीछिन् । उनले पोषिलो खानेकुरा खानुपर्ने थाहा पाएपछि परिवारको पोषणको लागी घरमै पोषिला खानेकुराहरु फलाउन थालेकी हुन ।

उनी शिबशक्ति पोषण समूहमार्फत पोषणको बारेमा थाहा पाएपछि करेसाबारी निर्माणमा लागेकी हुन् । उनले करेसाबारीमा बिषादी रहित टमाटर, भाण्टा, गाजर, बन्दा लगायतका बिभिन्न तरकारी उत्पादन गर्दै आएकी छिन् । त्यसका साथै घरमै मासुजन्य पशुपंछी पालन गर्न थालेकी छिन् । ताजा तरकारी उत्पादन गरेर खानाले आफ्नो बालबच्चा तथा परिवारको स्वास्थ्यमा पनि फाइदा पुग्ने विश्वासका साथ करेसाबारी निर्माण गरेको उनको भनाई छ ।

त्यस्तै सोही ठाउँकी पूर्णकली बस्नेतले पनि घरमा करेसाबारी निर्माण गरी ताजा तथा पोषिला खानेकुरा खान थालेकीछन् । नेपाल ग्रामीण पूनर्निर्माण संस्था आरआरएनले परियोजना सञ्चालन गरेपछि यहाँका महिलाहरु पोषण सुधारकालागि करेसाबारी निर्माणमा लागेको आरआरएनका कार्यक्रम संयोजक भानु पराजुलीले बताए ।

अहिले उनीहरु पोषण समुहमा आबद्ध छन र करेसाबारीका फाइदाका बारेमा जानकारी पाएपछि पोषणयुक्त तरकारी लगायतका बिभिन्न खानेकुरा उत्पादन गर्न थालेका हुन् । बस्नेत भन्छिन–‘ हामी अहिले घर आँगन सफा राख्ने र ताजा तरकारी उत्पादन गरेर खानेबारे निकै सचेत भएका छौं । ’

रोल्पाको दुई वटा स्थानीय तहमा पोषण सुधार गर्न नेपाल ग्रामीण पूनर्निर्माण परियोजना सञ्चालन भएको छ । रुन्टीगढी र त्रिबेणी गाउँपालिकामा पोषण तथा सरसफाइको क्षेत्रमा परियोजनाले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएपछि स्थानीयहरुमा सकरात्मक परिवर्तन देखिएको हो ।

नागरिकलाई स्वस्थ र पोषणयूक्त खानेकुरा थालिसम्म पुर्‍याउनका लागि संस्थाले बीउबिजन,परामर्श लगायतका सहयोग गर्दै आएको आरआरएनकी कृषि अधिकृत संचिता भण्डारीले बताईन ।

दुर्गम भएर पनि रोल्पाका घर गाउँ अहिले करेसाबारीले हरियाली देख्न सकिन्छ । अरुबेला तरकारी खोज्न बजार चाहर्ने यहाँका महिलाहरु अहिले तरकारी आफै बजारसम्म पुर्‍याउने भएकाछन् । रोल्पाका यी महिलाहरुले जस्तै अन्यले पनि करेसाबारी निर्माण गरी ताजा तथा पोषिला खानेकुरा खान सके आफ्नो र परिवारको स्वास्थ्य पनि राम्रो हुने थियो कि ?

मङ्लबार, ९ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा