संखुवासभाको सभापोखरीसम्म ट्रेकीङ रुट खोल्न माग गरीएको छ । संखुवासभाका सांसद दिपक खड्काले ट्रेकीङ एजेन्सी एशोसिएसन अफ नेपाल टानका अध्यक्ष निलहरी बाँस्तोलालाई ज्ञापन पत्र बुझाउँदै चाडो उक्त रुट खोल्न माग गर्नु भएको हो ।

सभापोखरी गाउँपालिकास्थित सभापोखरी धार्मिक तथा पर्यटकीय क्षेत्रको बृहत्तर गुरुयोजना निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनको लागि अबिलम्ब सभापोखरी सम्मको ट्रेकीङ रुट स्वीकृत गरीदिन नेपाल पर्यटन बोर्डलाईसमेत सिफारीस गरीएको छ ।

सभापोखरी गाउँपालिकाबाट प्राप्त सभापोखरीको महत्व र धार्मिकस्थलबारे तयार पारेको कागजपत्र टानका पूर्व बरिष्ठ उपाध्यक्ष नविन त्रितालले टानका अध्यक्ष बाँस्तोलालाई हस्तान्तरण गर्नुभयो ।

सांसद खड्काले जति सक्दो चाडो उक्त रुट खोल्नको लागि आग्रह गर्नुभएको हो । यो ट्रेकीङ रुट खोलिए आन्तरिक तथा बाह्य पर्यटक सभापोखरीको दर्शन गर्न र दृष्यावलोकन गर्न पुग्ने उहाँको भनाई थियो ।

यो सभापोखरी कोशी प्रदेशकै पर्यटकीय हव बन्ने सम्भावना भएकाले जति सक्दो खोल्नु पर्ने उहाँको भनाई थियो । अध्यक्ष बाँस्तोलाले संस्थागत रुपमा पहल गरीने र चाडै यो रुट खोल्न भूमिका खेल्ने बताउनुभएको थियो । कार्यक्रममा संखुवासभाका पर्यटनविदहरुको सहभागिता थियो ।

सोमवार, ८ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !