संखुवासभाको किम्माथांकामा नेपाल टेलिकमले टुजी सेवा सञ्चालन गरेको छ । चीनको सीमावर्ती किमाथांकामा टेलिकमले टुजीसेवा एकहप्ता अघिबाट सञ्चालनमा ल्याएको हो ।

दुर्गम र पछिडिएको उत्तरी क्षेत्र भोटखोलाको किमाथांका नाकामा सेवा सञ्चालन भएपछि स्थानीयवासी लाभान्वित हुने बिश्वास गरीएको छ । यसअघि भोटखोलाका केही क्षेत्रका स्थानीयले नेपाल टेलिकमको सीडीएमए सेवा र चिनियाँ सिमकार्ड प्रयोग गर्दै आएको बताईएको छ ।

टेलिकमले सेवा सञ्चालन गरेपछि स्थानीयबासी खुशी भएकाछन् । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले एक हप्ता अगाडीदेखि टुजी र अब चाडै फोरजीसेवा सञ्चालन हुने बाताए । उनले भोटखोला क्षेत्रमा भरपर्दो उन्ले बाह्रै महिना भोटखोलाबासीलाई सञ्चार सुविधा उपलब्ध गराउने लक्ष्य गाउँपालिकाको रहेको पनि बताएकाछन् ।

भौगोलिक कठिनाई भएका कारण सदरमुकाम खाँदबारीमा सेवा सुरु भएको दुई दशकपछि किमाथांकामा फोरजीसेवासमेत सञ्चालनको तयारी गरीएको हो । बाढी पहिरो र बाटो अबरुद्ध हुँदा भोटखोलाबासी पटक पटक सञ्चार सम्पर्कबाट बाहिर रहदै आएकाछन् ।

सोमवार, ८ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !