इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो “मेरो भ्वाइस युनिभर्स” उत्कृष्ट ८ संखुवासभाका परेश राई परेका छन् ।
गायकी र स्टेज प्रस्तुतिमा अव्ल राई निर्णायक तथा दर्शक माझ नेपाली सांगितिक जगतमा गुन्जीनिने नयाँ आवजहरु मध्ये एक आवजका धनी सावित भइसका छन् ।
अवको निर्णय शतप्रतिशत दर्शकको भोटमा निर्भर रहने छ । उत्कृष्ट ८ मध्ये कसलाई विजेता बनाउने भन्ने अन्तिम निर्णयक दर्शकमात्र रहेको आयोजकले जनाएको छ । देश विदेशमा रहेर अहिले सम्म जजसले भोट दिएर यहाँ सम्म ल्याए सबै प्रति आभार व्यक्त गर्दै सङ्खुवासभाका परेश राईले भने अझै सम्पुर्णको माया, साथ र सहयोगको लागि अनुरोध गरेका छन् ।
लोक संगित, ठेट संगितलाई अगाडि बढाउनु पर्छ भन्ने उद्देश्य लिएर हिडेको व्यक्ति भएकाले अहिले सम्म पनि दर्शकको माया पाएको बताउँदै गायक राईले यसलाई निरन्तरता दिंदै थप अगाडि बढाउनका लागि भोट गर्न अनुरोध गरेका छन् । “मेरो भ्वाइस युनिभर्स” को विजयी भएको हेर्ने दर्शकको इच्छा पुरा गराउने उनले अरुण सन्देशलाई बताए । राईलाई भोट गर्न मोवाइलमा ‘माई इन्ट्रा’ एप्स डाउललोड गरेर परेश राई भोट गरिदिन अनुरोध गरेका छन् ।
सँधै निर्णायकको राम्रो प्रतिकृया र प्रशिक्षकको अधिक माया पाएका राईको प्रस्तुति प्रसंसा योग्य नै छ । उनी सानै उमेर देखी वासुरी बजाउने, मादल बजाउने साथै गायनमा रुची राख्दथे । सङ्खुवासभको चैनपुर नगरपालिका १०, कल्लेरीमा समान्य परिवारमा जन्मेका राईको प्रतिभा अहिले नेपालीहरुमा परिचित आवजको रुपमा रहको छ । आर्थिक विपन्ता संगै हुर्किएको उनको क्षमता अहिले “मेरो भ्वाइस युनिभर्स” उत्कृष्ट आज बन्ने प्रकृयामा छ ।
नविन खड्का, खेम गुरुङ, कमलिकान्त भेटुवाल, भबिन ढुंगाना लगायतका कलारहरुले संखुवासभामा जन्मिएर नेपाली सांगितक जगतमा पु¥याएको योगदानमा राइले थप टेवा दिने देखिन्छ । पढाईमा समेत अब्बल रहेका राईको गायकिमा आर्थिक अभावका कारणले निखरता ल्याउन सकेको थिएन । उनका लागि यो ठुलो अवसरको रुपमा रहेको छ ।
यस कार्यक्रमको निर्णायक प्यानलमा दिप श्रेष्ठ, सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा र पुष्पन प्रधान रहेका छन । प्रस्तोताका रुपमा रीमा विश्वकर्मा र सन्दिप छेत्री रहेका छन भने, शोलाई अलिन श्रेष्ठले निर्देशन गरेका छन ।
नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शो हो यो । आयोजकका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’ का विजेताले एक करोड रूपैयाँ पुरस्कार पाउनेछन् । साथै फस्र्ट रनरअपले ३० लाख रूपैयाँ र सेकेन्ड रनरअपले २० लाख रूपैयाँ पुरस्कार पाउनेछन् ।