Trending
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी गरेका छन् ।
अध्यक्ष नेपालले काँग्रेसलाई कम्युनिस्टहरूको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउने सक्ने भएकाले त्यसप्रति सचेत रहन पनि आग्रह गरेका हुन् । शनिबार काठमाडौँमा आयोजित ‘समाजवाद: बहस र सङ्घर्ष’ विषयक कार्यक्रममा बोल्दै उनले एमालेप्रति लक्षित गर्दै कम्युनिस्ट भनिएकाहरूले पनि प्रतिगामीहरूसँग हातेमालो गरिरहेकाले त्यसलाई बुझेर आफूहरूले पनि सत्तारुढ गठबन्धनलाई कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्ने कुरामा केन्द्रित हुनुपर्ने समेत जिकिर गरे ।