मुक्तिनाथ विकास बैंक गोल्ड अवार्डबाट सम्मानित भएको छ । हरेक बर्ष नेपाल बित्तीय प्रतिवेदन मान प्रणाली अन्र्तगत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दे आएको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार मुक्तिनाथ विकास बैंकले प्राप्त गरेको हो ।
यो पुरस्कार बैंकले लगातार चारपटकसम्म हात पारी सकेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बिभिन्न चार बिद्यामा प्रदान गर्दे आएको पुरस्कार मध्य विकास बैंक र वित्त कम्पनीहरु मध्यबाट बैंकले यो पुरस्कार जितेको हो ।
पुरस्कार एक समारोहकाबीच अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रदान गर्नुभयो । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गरेको, विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपाल भर रहेका भिसा नेटवर्कमा आबद्ध जुनसुकै बैंकका एटिएम मसिनबाट निःशुल्क रुपमा रकम झिक्ने व्यवस्था छ ।
प्रिपेड डलर कार्ड, मोबाईल बैंकीङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, रेमिट्यान्स जम्मा तथा मिस्डकल बैकीङलगायतका सेवा घरबाटै उपयोग गर्न सकीने छ ।