चितवन घुम्न आउने पर्यटकको सङ्ख्या गत आर्थिक वर्षमा उच्च रहेको छ । कोरोना सङ्क्रमणको समयपछि सबैभन्दा धेरै पर्यटक आव २०७९/८० को असारसम्म आएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले गत आवमा निकुञ्ज प्रवेश गर्ने पर्यटकको सङ्ख्या तीन लाखनजिक पुगेको जानकारी दिए । गत आवमा निकुञ्ज प्रवेश गर्नेको सङ्ख्या दुई लाख ९९ हजार ४१२ जना रहेको छ । यो निकुञ्ज प्रवेश गरेर जङ्गल सफारी गर्नेको सङ्ख्या मात्र रहेको हो ।

यसबाहेक जिल्लाका सौराहा, मेघौली, पटिहानी, देवघाटलगायतका स्थानमा आएर निकुञ्ज प्रवेश नगर्ने पनि छन् । सङ्कटमा पुगेको पर्यटन व्यवसायका लागि निकुञ्ज आउने पर्यटकका कारण केही राहत मिलेको छ ।

निकुञ्जले दिएको जानकारी अनुसार पर्यटकबाट मात्रै १८ करोड पाँच लाख १९ हजार ७५० रुपियाँ राजस्व सङ्कलन भएको छ । निकुञ्ज प्रवेश गरेबापत नेपाली, सार्क र बाह्य मुलुकका पर्यटकलाई फरक शुल्क निर्धारण गरेर लिने गरिएको छ । विगतका वर्षमा भन्दा अहिले पर्यटकको सङ्ख्या वृद्धि भएकाले व्यवसायलाई राहत महसुस भएको क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष दीपक भट्टराईले जानकारी दिए ।

असार–साउन महिनामा मुग्लिनको बाटो अवरुद्ध भएकाले पर्यटकको सङ्ख्या कमी भए पनि अन्य महिनामा भने राम्रो सङ्ख्यामा आएको पूर्वअध्यक्ष भट्टराईले बताए । चैत, वैशाख धेरै राम्रो सङ्ख्यमा पर्यटक आएका थिए । पर्यटन प्रवर्धनका लागि नेपालको सीमावर्ती भारतको पटना, वनारस, गोरखपुरलगायतका सहरमा पुगेर सौराहा, चितवन, नेपालको पर्यटन क्षेत्रको विषयमा जानकारी दिने कार्यव्रmमसमेत गरिएको थियो ।

निकुञ्ज प्रवेश गर्नेमा सबैभन्दा धेरै आन्तरिक पर्यटक रहेका छन् । एक वर्षमा दुई लाख पाँच हजार छ सय जना नेपालीले भ्रमण गरेका छन् । निकुञ्जभित्र सफारी गर्नेमा सबैभन्दा धेरै नेपाली रहेको कार्यालयले जानकारी दिएको छ ।

शनिबार, ६ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे