गुल्मीको मालिका गाउँपालिकाले रैथाने आलुलाई ‘ब्रान्डिङ’ गरी बजारमा ल्याएको छ । कृषि ज्ञान केन्द्रसँगको समन्वयमा रैथाने आलुलाई बजारमा ल्याइएको हो ।

‘गाउँका कृषकले बजार पाउने, सहरका उपभोक्ताले गुणस्तर पाउने’ भन्ने मूल नाराका साथ स्थानीय पहिचानसँग जोडिएको रैथाने आलुको ब्रान्ड, लेबल र प्याकेजिङसहित आलु यही साउनको सुरुआतसँगै बजारमा पठाइएको हो । ज्ञान केन्द्र र पालिकाको ५०/५० प्रतिशत लागत साझेदारीमा रैथाने तथा ढोरपाटनको बीउ रोपण गरी तीन सय टन आलु उत्पादन गरिएको छ ।

हालसम्म ब्रान्डिङ गरिएको आलुमध्ये ५० टनभन्दा बढी बिक्री भएको गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले जानकारी दिए । अर्को वर्ष बुटबल र भैरहवामा चिस्यान केन्द्र स्थापना गरी तीन सय टन आलु बिक्री गर्ने लक्ष्य लिइएको अर्यालले बताए ।

मालिकाको रैथाने आलुमा व्यापारीले मिसावट नगरुन भनेर सदरमुकाम तम्घास, बुटबल र भैरहवाका निश्चित ठाउँबाट मात्रै बिक्रीको व्यवस्था मिलाइएको पालिकाले जनाएको छ । मालिकामा उत्पादन भएको आलु अन्यको भन्दा स्वादिलो भएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए । मालिकामा वडा नं. ३ ह्वाङ्दी, वडा नं. ४ अर्खबाङ्ग लगायतका स्थानमा रैथाने आलु उत्पादन हुने गर्दछ ।

शुक्रबार, ५ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे