बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गलकोट क्षेत्रकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण भएको छ । दुदिलाभाटीस्थित मध्यपहाडी लोकमार्गको काफालठुटादेखि गौदी गाउँ जोड्ने गरी मान्द्रेखोलामाथि २२७.२ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो । निर्माण कम्पनीले समयमै काम नसक्दा आयोजना अलपत्र परिरहेका बेला काफालठुटादेखि गौदी जोड्ने मान्द्रेखोलाको झोलुङ्गे पुल ठेक्का सम्झौता मितिभन्दा छ महिना अगावै निर्माण भएको छ ।

काठमाडौँको सस्पेन्सन वृज डिभिजन कार्यालयअन्तर्गत स्थानीय पूर्वाधार आयोजना कार्यालय कास्कीसँग २०७९ असार १५ गते बीएलपी कन्ट्रक्सनसँग १८ महिनामा निर्माण सक्नेगरी ठेक्का सम्झौता भएकामा छ महिना अगावै निर्माण भएको हो । एक करोड २५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको पुल हस्तान्तरणको तयारीमा पुगेको कास्कीस्थित स्थानीय पूर्वाधार आयोजना कार्यालयका इञ्जिनियर निरज सापकोटाले जानकारी दिए ।

‘१८ महिनामा सक्नुपर्ने काम एक वर्षमै सकियो। सम्झौताभन्दा अगावै निर्माण सक्नु सकारात्मक पक्ष हो’, उनले भने, ‘पुल निर्माण भएपछि गौदी हुँदै दुदिलाभाटी बजार र वडा कार्यालय पुग्न सहज हुनेभयो। पुल अन्तिम प्राविधिक मूल्यांकनपछि पुल हस्तान्तरण गरिने छ ।’

इन्जिनियर सापकोटाका अनुसार ‘डी’ टाइप मोडेलमा निर्माण भएको उक्त झोलुंगे पुलको उचाइ ६० मिटर अग्लो छ । गलकोट नगरपालिकाभित्र २२७ मिटर लामो झोलुंगे पुल पहिलो पटक निर्माण भएको हो । साविक दुदिलाभाटी गाउँको तीन वटा वडाबासीलाई वडा कार्यालय जान, भाटी बजार पुग्न र वडा कार्यालय र भाटी बजारलाई मध्यपहाडी लोकमार्गमा आउन सहज भएको स्थानीय धना खत्रीले बताए ।

उनका अनुसार पैदल यात्रुलाई काफलठुटा हुँदै, चाउथेखोला, मान्द्रेखोला तरेर गौदी पुग्न एक घण्टा लाग्नेमा पुल निर्माणपछि १० मिनेटमै पुग्न सकिने भएको छ । पाँच वर्षदेखिको अनवरत प्रयास र पहलपछि पुल निर्माण गर्न सफल भएको गलकोटका समाजसेवी ललिता थापाले जानकारी दिए ।

‘मध्यपहाडसँग छुटेको गाउँलाई झोलुङ्गे पुलले जोडेर सहज भएको छ । सदरमुकाम जान यहाँका बासिन्दाको एक घण्टाको यात्रा छोटो भएको छ’, उनले भने, ‘झोलुङ्गे पुल निर्माणसँगै स्थानीयवासीलाई स्वास्थ्य चौकी, विद्यालय र वडा कार्यालय आवतजावत गर्न सहज भयो ।’ निर्माण गरिएको पुल साउन दोस्रो हप्ता प्राविधिक मूल्यांकनपछि हस्तान्तरण गरिने निर्माण कम्पनीका प्रतिनिधि तीर्थाराम खड्काले जानकारी दिए ।

शुक्रबार, ५ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे