file photo

इलाममा अलैंची खेती मासिने डर भएको छ । अलैंची मासिदै जानथालेपछि अलैंची खेतीबाट वार्षिक घर खर्च टार्दे आएका किसानलाई समस्या हुने भएको छ ।

यस पटक उत्तरी इलामकोे प्याङ, सोयाङ र जोगमाईमा अलैंची उत्पादनमा ह्रास आउन सक्ने भन्दै किसानहरु चिन्तित भएका छन् ।लामो समय खडेरी परेकाले अलैंची उत्पादनमा ह्रास आउने भएको हो ।

माघदेखि जेठसम्मको खडेरीले धेरै किसानको अलैंची बगाननै सखाप भएपछि उत्पादनमा ह्रास आउने किसानहरु बताउँछन् । लामो समयसम्म खडेरी पर्नु र सोही समयमा लागेका विभिन्न रोगका कारण जिल्लाभरी अलैंची उत्पादनमा कमी आएको छ ।

समुद्री सतहको ११ सयदेखि १६ सय मिटर उचाईसम्म राम्रोसँग अलैंची खेती हुने गर्दछ । केही समय अगाडि अलैंचीको बजार भाउ राम्रो हुँदा प्राय सबै किसानले अन्य सबै खेती मासेर अलैंची खेती विस्तार गरेका थिए । तर अलैंचीको बोटमा विभिन्न रोगको प्रकोप देखा पर्नु र लामो समयसम्म लागेको खडेरीले किसानको बगान नै सखाप हुन थालेपछि किसानहरु विकल्प खोज्न थालेका छन् ।

हजारौं रोपनीमा भएको पुरानो अलैंची बगान फुर्के रोगले सखाप बनाएको छ । जंगल फडानी गरी खुला पारेको जमिनमा भर्लाङ जातको अलैंची रोपेका थिए । केही साल फल्ने र त्यसपछि सबै मर्ने समस्या सुरु भएपछि धेरै किसानले भएको अलैंची पनि उखेलेर अन्य खेती सुरु गरेका छन् ।

 

शुक्रबार, ५ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे