संखुवासभाको सदरमुकाम खाँदबारी बजार क्षेत्रमा अव्यवस्थित तारहरू हटाउन सुरु गरिएको छ ।

खाँदबारी बजार क्षेत्रमा विद्युतको पोलमा रहेको प्रयोगविहीन र अव्यवस्थित तारहरू हटाउन सुरु गरिएको खाँदबारी नगरपालिका– १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठले जानकारी दिए।

उनका अनुसार केही महिनाअघि नै नेपाल टेलिकम कार्यालयमा बजारको अव्यवस्थित तारहरू हटाउन आग्रह गरिए पनि साउन लागेपछि मात्रै गर्न सहमति भएकाले मंगलबारदेखि तारहरू व्यवस्थापन गर्न सुरुवात गरिएको हो ।

बजार क्षेत्रमा इन्टरनेट, केबुल नेटवर्कलगायत विभिन्न प्रदायक संस्थाहरूले तारहरू विद्युत् पोलमा लथालिंग गरी छाड्दा बजार क्षेत्रको सौन्दर्यमा असर पुगेको भन्दै खाँदबारी नगरपालिका– १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठ र खाँदबारी युथ क्लबको पहलमा नेपाल टेलिकमको कार्यालयसँग सहमति गरेर युवाहरूले आफैँ तार हटाउन लागेका हुन्। खाँदबारी बजार क्षेत्र १ नम्बर वडाअन्तर्गत पर्दछ।

विगतमा केबुल नेटवर्क प्रदायकहरू, इन्टरनेट प्रदायकहरूले विद्युतको पोलमा तार टाँगेको र हाल प्रयोग नभएको तारको पहिचान गरी मंगलबारदेखि हटाउन सुरु गरिएको खाँदबारी युथ क्लबका महासचिव सुरेन शाक्यले बताए ।

उक्त कार्यका लागि नेपाल टेलिकम कार्यालय संखुवासभाका कार्यालय प्रमुख प्रेमकुमार राई, खाँदबारी नगरपालिका– १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठले हटाउन अनुमति दिनुका साथै आफैँ स्थलगत रूपमा लागेपछि सजिलो भएको उनको भनाइ छ ।

शुक्रबार, ५ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो