गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका न्यूयोर्क च्याप्टरको अध्यक्षमा डण्डपानी लामिछाने (बासु)को चर्चा चुलीदै गएको छ ।
सामाजिक काममासमेत सकृय लामिछाने न्यूयोर्कबासी नेपालीबीच लोकप्रिय छन । नेपाली समुदायका सरोकारका बिषयवस्तुलाई अमेरिकामा रहँदा उठाई राख्ने लामिछानेले नजिकीदै गरेको निर्वाचनमा आफ्नो जित सुनिश्चित भएको बताए ।
उनी आगामी कार्यकालकालागि एनआरएनए एनसीसी अमेरिका न्यूयोर्क च्याप्टरमा अध्यक्ष पद्मा लड्दै छन । नेपालको बिकास र सामजिक काममा समेत सकृय रहदै आएका लामिछानेले पदमा रहेर धेरै काम गर्न सकीने भएकाले आफूले उम्मेदवारी दिएको बताए ।
उनले आफूसहित आफ्नो टिमलाई जिताए नयाँ काम गर्न अझ हौसला मिल्ने भन्दै कामकालागि इमान्दारीतापूर्बक लाग्ने पनि बताए । न्यूयोर्कमा रहेका नेपालीलाई आफ्नो पक्षमा मतदान गर्न र मत मागीदिन पनि आग्रह गरेका छन ।