संखुवासभाका सांसद दिपक खड्काले संखुवासभामा बाढीका कारण भएको क्षतिबारे आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई भेटी अवगत गराएका छन ।

मन्त्रालय पुगेर खड्काले बाढीका कारण हेवाखोला, पिलुवाखोलामा रहेको पक्की पुल बगाएको भन्दै बेलीबृज निर्माण तत्काल गर्न मन्त्री ज्वालाको ध्यानाकर्षण गराएका हुन । बाढीका कारण भएको क्षतिबारे अध्ययन भई रहेको र मृतकका परिवारलाई राहत दिन पनि उनले आग्रह गरेका छन ।

पुल नबन्दा आवतजावतमा समस्या भएको भन्दै बेलिबृज जतिसक्दो चाडो निर्माण गर्नु पर्ने उनको आग्रह थियो । मन्त्री ज्वालाले अध्ययन गरेर चाडै कामलाई अगाडी बढाईने बताए ।

सांसद खड्कासंगै नगर प्रमुख बिपिन राई, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि थिरबहादुर राई, क्षेत्रिय सभापति दिपेन्द्रमान शाक्य, क्षेत्रिय सचिव चित्रप्रसाद श्रेष्ठ, पुर्व पार्टी सचिव डम्बर बस्नेतलगायतले पुल नहुँदा सर्वसाधरणले भोग्नु परेको समस्याको बारेमा मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

बुधबार, ३ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !