file photo

प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको सिङ्गा तातोपानी कुण्डमा एक वर्षको अवधिमा एक करोड ३७ लाख रुपैयाँ आम्दानी भएको छ । आर्थिक वर्ष २०७९/८० मा प्रवेश शुल्कलगायत विभिन्न शीर्षकमा सो आम्दानी भएको हो ।

म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि तातोपानीमा आउने पाहुनाले तिर्ने प्रवेश शूल्क आम्दानीको मुख्य स्रोत हो ।

कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले भने, ‘बिरेनूनको गन्ध नआउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको लगायत निको हुने गरेको छ ।’ गत आर्थिक वर्षमा १८ हजार २०८ जनाले स्नान गरेका थिए ।

बिरामीले स्नान गर्ने कुण्डमा प्रवेश शुल्कबापत ६२ लाख ९७ हजार र पाहुनाले स्नान गर्ने कुण्डबाट २५ लाख ८८ हजार आम्दानी भएको छ । चन्दाबापत चार लाख सोह् हजार, मन्दिरको भेटी पाँच लाख ३० हजार, आजीवन सदस्यताबाट तीन लाख आठ हजार तथा ब्याजबाट १७ हजार रुपैयाँ आम्दानी भएको छ ।

प्रवेश शुल्क र चन्दा सहयोग बापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउने अध्यक्ष खड्काले बताए । तातोपानी सङ्कलन गरिएको तलाउमा एक पटकमा तीन सय ५० देखि चार सय जनाले स्नान गर्न सक्ने क्षमता छ । सात दिन स्नानका लागि प्रतिव्यक्ति तीन सय ५० शूल्क तोकिएको छ । बिरामी र छोटो अवधि स्नान गर्नेका लागि फरक फरक कुण्ड छन् ।

अध्यक्ष खड्काका अनुसार कुण्डको आम्दानीबाट तातोपानीको सरस्वती माविका ६ निजी शिक्षकको तलबका लागि रु १३ लाख ६४ हजार उपलब्ध गराइएको छ । कुण्डका कर्मचारीको तलबमा रु ११ लाख ३३ हजार, संरचना निर्माण र मर्मतमा रु दश लाख ८९ हजारसहित कूल रु एक करोड ३६ लाख १९ हजार खर्च भएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा रु एक करोड १७ लाख २२ हजार, आर्थिक वर्ष २०७७/७८ मा ७८ लाख एक हजार, आर्थिक वर्ष २०७६/७७ मा रु एक करोड १३ लाख ४९ हजार, आर्थिक वर्ष २०७५/७६ मा ९९ लाख ४२ हजार तथा आर्थिक वर्ष २०७४/७५ मा ६५ करोड छ लाख आम्दानी भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७४/७५ मा रु २६ लाख ५७ हजार, आव २०७५/७६ मा ९६ लाख १० हजार, आर्थिक वर्ष २०७६/७७ मा रु एक करोड १४ लाख २३ हजार, आर्थिक वर्ष २०७७/७८ मा रु एक करोड १४ लाख ५२ हजार तथा आर्थिक वर्ष २०७८/७८ मा एक करोड ९० लाख ५६ हजार खर्च भएको छ ।

मङ्लबार, २ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !