पुर्वी पहाडी जिल्ला भोजपुरमा प्रविधियुक्त पठनपाठनका लागि ईश्वर मन्दिर संस्था कोशेढुङगा भएको छ । सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विगत ८ वर्षदेखि जिल्लाका डेढ दर्जन विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गरेको संस्थाले यसपटक ६ दशक पुरानो जिल्लाको ऐतिहासिक महाविद्यालय भोजपुर बहुमुखी क्याम्पसलाई प्रविधिमैत्री बनाएको छ ।

पहिलो महिला राष्ट्राध्यक्ष विद्यादेवी भण्डारीले समेत पढेको यो क्याम्पस पूर्वकै ख्यातीप्राप्त शैक्षिक तीर्थ मानिन्छ । क्याम्पसका पूर्व विद्यार्थी शंकरप्रसाद कोइराला नेतृत्वको संस्थाले केन्द्र स्थापना गरेको हो । यो अभियानलाई राष्ट्रिय वाणिज्य बैंक र साल्ट ट्रेडिङ कर्पोरेसनले सघाएका छन् । ई लर्निङ सञ्चालनले पुस्तकमा नभएका अथाह ज्ञान प्राप्त गर्न मद्दत पुगेको विद्यार्थीहरुको भनाइ छ ।

सूचना प्रविधिको सहज पहुँच पढ्ने मात्र नभई पढाउनेका लागि पनि वरदान सावित भएको प्राध्यापकहरू बताउछन् । क्याम्पस प्रशासन प्रविधिमैत्री वातावरणले विद्यार्थीको सिकाइलाई समयसापेक्ष र प्रभावकारी बनाएको क्याम्पस प्रमुख भुलानाथ राई बताउँछ ।

शिक्षक तथा पाठ्यपुस्तकको अभाव रहने दुर्गम ठाउँका विद्यार्थीले ई–मैत्री पठनपाठन औधी रुचाएका छन् । त्यसैले पनि सरकारी निकायले पठनपाठन प्रविधिमैत्री बनाउने तर्फ सोच्न जरुरी छ ।

मङ्लबार, २ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा