नेपाली कांग्रेसमा पार्टी स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष ‘टोलटोलमा कांग्रेस’ अभियान चलाउने प्रस्ताव भएको छ ।

आजदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले प्रत्येक वर्ष माघ १२ गते पर्ने पार्टी स्थापना दिवसमा ‘टोलटोलमा कांग्रेस’ अभियान चलाउने प्रस्ताव गरेका हुन् ।

जसअनुसार पार्टीको कुनै पदमा बहाल रहेको प्रत्येक व्यक्तिले आफू क्रियाशील रहेको वडामा रक्तदान, सरसफाइजस्ता कुनै न कुनै सामाजिक कार्यक्रममा सरिक हुनुपर्ने छ ।

पार्टी स्थापनाको दिन ६,७४३ वटै वडाले कुनै एक सामाजिक कार्यक्रम आयोजना गर्नुपर्ने प्रस्ताव गरिएको छ । यस्तै, सोही दिन पार्टीको केन्द्रीय सभापति, पदाधिकारी, कार्यसमिति सदस्य, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति र गाउँ नगरपालिका कार्यसमितिमा रहेका सदस्य आफू क्रियाशील सदस्यता रहेको वडामा पुग्नुपर्ने छ । वडाले आयोजना गरेको सामाजिक कार्यक्रममा सहभागी हुनुपर्ने छ।

मङ्लबार, २ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !