लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमण देशभर बढ्न थालेकाे छ । सन् २०२३ को जनवरीयता नेपालमा डेंगी संक्रमितको संख्या ३ हजारनजिक पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाको तथ्यांकानुसार जनवरीयता जुलाई १५ सम्म संक्रमितको संख्या दुई हजार ९३० पुगेको छ । यो अवधिमा ६६ जिल्लामा डेंगी देखिएको छ। सुनसरीमा जिल्लामा मात्रै एक हजार ५ सय ७१ जना संक्रमित भएका छन्।

धादिङ, दार्चुला र कास्कीमा संक्रमितको संख्या १०० भन्दा माथि छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी १ सय ७ जना संक्रमित भएका छन् । पछिल्लो समय सबैभन्दा बढी संक्रमण सुनसरी, धादिङ, दार्चुलालगायत १० स्थानमा देखिएको छ ।

गत वर्षजस्तै डेंगीको अवस्था भयावह हुन नदिन आ–आफ्नो तहबाट रोकथामका कार्यक्रम सञ्चालन गर्न महाशाखाले अनुराेध गरेकाे छ। गत वर्ष साढे ५४ हजारमा संक्रमण देखिएको थियो भने ८८ जनाको निधन भएको थियो ।

डेंगीको संक्रमण देखिएपछि ज्वरो आउने, शरीर दुख्ने दादुराजस्ता फोका आउने, टाउको दुख्ने, पखाला लाग्ने जस्ता लक्षण देखिन्छन् । संक्रमणका कारण रगतमा प्लेटलेट्स कमी हुने भएकाले बिरामीले पोसिलो र झोलिलो पदार्थ बढी मात्रामा खानुपर्ने चिकित्सकको सुझाव छ ।

सोमवार, १ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा