आर्थिक वर्ष २०७९/८० मा काठमाडौँमा अपराधका घटनाहरू बढेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा काठमाडौँमा अपराधका घटनाहरू बढेको जनाएको हो ।

२०७८/७९ मा ८ हजार ९ सय ७७ मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७९/८० मा मुद्दा दर्ताको संख्या १३ हजार ४ सय ६४ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

परिसरका अनुसार सबैभन्दा बढी बैंकिङ कसुर सम्बन्धी ७ हजार १ सय १ मुद्दा दर्ता भएका छन् भने अभद्र व्यवहारका २ हजार ८ सय ९४ मुद्दा दर्ता भएको कार्कीले बताए ।

त्यस्तै आर्थिक वर्ष २०७९/८० मा प्राप्त २ हजार १ सय ६२ उजुरी मध्ये ६ सय ४१ को मात्रै फर्छ्यौट भएको छ । कार्कीले अनलाइन प्रविधिबाट देखा परेका आर्थिक अपराधहरू पनि पछिल्लो समय बढ्दै गएको बताए ।

उनले काठमाडौँ जिल्लामा देखिएका अपराधका चुनौतीहरूलाई सामना गर्न दक्ष र प्रविधियुक्त जनशक्ति विस्तार गरी अनुसन्धानलाई प्रभावकारी बनाउने बताए । कार्कीले नाकामा प्रविधियुक्त प्रणाली जडान गरी अपराध नियन्त्रणतर्फ ध्यान दिने धारणा राखे ।

त्यस्तै साइबर अपराध र अनलाइन ठगीका घटनाहरू हुन गर्न नदिन समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत लक्षित वर्गमा जनचेतना प्रदान गरिने, प्रभावकारी तवरले प्रहरी परिचालन गरी शान्त र सुरक्षित काठमाडौँ निर्माणको अवधारणालाई मुर्तरूप प्रदान गर्ने कार्कीले बताए ।

सोमवार, १ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे