राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय थप गरेको छ । सिरहास्थित शाखा कार्यालय गोलबजार, मकवानपुरस्थित शाखा कार्यालय सानोपोखरा, बैतडीस्थित शाखा कार्यालय पाटन, दार्चुलास्थित शाखा कार्यालय गोकुलेश्वर, मोरङास्थित शाखा कार्यालय बिराटचोक, ललितपुरस्थित शाखा कार्यालय ग्वार्को र मंगलबजारमा शाखा विस्तार भएको राष्ट्रिय बाणिज्य बैंकका कार्यकारी प्रमुख किरण श्रेष्ठले जानकारी दिए ।
यस्तै, सुर्खेतस्थित शाखा कार्यालय छिन्चु, कालीकोटस्थित शाखा कार्यालय रास्कोट, दैलेख स्थित शाखा कार्यालय राकम कर्णाली र स्याङजास्थित शाखा कार्यालय वालिङ्गको कारोबार सुरु भएको हो । यो संगै बैंकको देशभर २ सय ८२ वटा शाखा कार्यालय सञ्चालनमा आएका छन् ।
श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले कर्णाली प्रदेशमा मात्र तीन वटा शाखा कार्यालयसहित सहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा आधुनिक बैंकिङ्ग सेवा प्रवाह गरिरहेको जानकारी दिए ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ्ग, क्युआर कोड सेवा, पीओएस, क्रेडिड र डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाइल बैंकिङ्ग तथा बिनाइन्टरनेट चल्ने यूएसएसडी माबाइल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।