नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको ८० प्रतिशत रकम अन्तर्राष्ट्रिय पर्यटन प्रवर्धनमा खर्च गर्ने भएको छ । बोर्डले विगतका वर्षको बजेटको समीक्षासहित नयाँ बजेटमा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्धनमा जोड दिन लागेको हो ।

बोर्डका निर्देशक मणिराज लामिछानेले भने “बोर्डले साउन १५ भित्रै आर्थिक वर्ष २०८०/८१ का लागि करिब सवा अर्ब रुपियाँको हाराहारीमा रहेर बजेट ल्याउन लागेको छ । आगामी आवको बजेटमार्फत अन्तर्राष्ट्रिय पर्यटन प्रवर्धनका कार्यक्रम गर्दा विगतमा भन्दा नयाँ ढङ्गले अगाडि बढ्दै डिजिटाइजेसनलाई प्राथमिकता दिन लागेका छौँ ।” चालु आवमा बोर्डले भारत, चीन, बङ्गलादेश, मलेसियालगायतका देशमा गरेको प्रवर्धनात्मक कार्यक्रमबाट राम्रो प्रतिफल आएको जनाउँदै उनले आगामी वर्ष थप गन्तव्यमा प्रविधिको प्रयोगमार्फत प्रचारप्रसारमा जोड दिइने बताए ।

बोर्डले आगामी वर्ष मुख्यतः भारत, चीन, थाइल्यान्ड, मलेसिया, हङकङसहित युरोपेली मुलुकमा नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई प्रवर्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गराउन विश्व पर्यटन बजारको ध्यानाकर्षित गरिने उनको भनाइ छ ।

चालु आवमा देशभित्रै आयोजना गरिएका हिमालय ट्राभल मार्ट, बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्टलगायतका ठुला सम्मेलनबाट भारत, चीन, भुटान, श्रीलङ्का, थाइल्यान्ड, म्यान्मार, कोरियालगायतका एक दर्जनभन्दा बढी मुलुकमा नेपालको पर्यटन प्रवर्धन र सम्भावनाबारे भएका छलफलबाट पछिल्लो समय बाह्य पर्यटक आगमनमा सुधार देखिँदै गएको उनले बताए ।

सन् २०२३ भर करिब १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा आधारित हुँदै नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालगायतका पर्यटकीय स्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचारप्रसारमा जोड दिइने उनको भनाइ छ । आन्तरिक पर्यटन प्रवर्धन गर्न ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ भन्ने नारासहित स्थानीय जात्रा, संस्कृति, पर्व तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न विभिन्न अभियानसमेत सञ्चालन गरिने उनले बताए ।

आर्थिक समृद्धिको दरिलो आधार पर्यटन क्षेत्रको प्रवर्धन सरकारको मुख्य प्राथमिकतामा रहेकाले पर्यटकीय सम्भावना र गतिविधिलाई विश्व बजारमा चिनाउन प्रचारप्रसारमा केन्द्रित हुन लागेको उनको भनाइ छ ।

आइतवार, ३१ असार, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा