file photo

भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार (हाइलेज) चीन निर्यात भएको छ । सन् २०२२ मा चिनियाँ उपराष्ट्रपति नेपाल आउँदा नेपालबाट चीनमा घाँस लैजाने विषयमा सम्झौता भएको थियो । सोहीअनुसार नेपालबाट चीनमा घाँस निर्यात भएको हो ।

भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले तयार गरेको १० कन्टेनर पशुआहार चीनको सिगात्से सहर पठाइएको हो । अब क्रमशः दैनिक २० कन्टेनर पशुआहार चीन पठाइने कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी निर्देशक चाङका अनुसार एक वर्षमा दुई सय करोड टन पशुआहार चीनको सिगात्से सहर पठाउने योजना छ । निकै चिसो हुने भएर घाँसको उत्पादन नहुने उक्त सहरमा पालिएका पशु चौपायाका लागि घाँस पठाउन लागिएको हो ।

डाँठ र दुधिलो घोगासहितको मकैको बोटबाट तयार पारिएको घाँससँगै अब क्रमशः अम्रिसो, नेपियरलगायतका घाँसबाट समेत पशुआहार बनाइँदै छ । यो कम्पनीले भरतपुर र वरपरका किसानबाट मकैको बोट नै खरिद गरेर प्रशोधन गरी पशुआहार बनाएको हो ।

चाङका अनुसार किसानलाई उन्नत जातको बीउ, सिँचाइको व्यवस्था र प्राविधिक सहयोगसमेत गरिँदै आएको छ । केरुङ र रसुवा नाकाबाट पहिलो चरणमा घाँस पठाइँदै छ । चीनको उक्त शहर क्षेत्रमा दैनिक पाँच सय कन्टेनर घाँसको माग रहेको छ ।

आइतवार, ३१ असार, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा