बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८, पितरकाँडाका नरेन्द्र बिष्टले करीब ३ रोपनी जग्गामा मकैबाली लगाएका छन् । अहिले बारीमा मकै पसाउने बेला भएको छ ।

तर शनिबार राति परेको वर्षा र हावाहुरीले उनको मकैबालीमा क्षति पुगेको छ । बिष्टको २ रोपनी खेतमा लगाएको मकैबाली हावाहुरीले नष्ट भएको हो ।

बैतडीका अधिकांश ठाउँहरूमा मकै बालीमा क्षति पुर्‍याएपछि यहाँका स्थानीय किसानहरू चिन्तित बनेका छन् । घोगा लाग्ने बेलामा मकै बोट हावाहुरीले ढलेपछि भुरी बिष्ट पनि चिन्तित बनेकी छिन् ।

बिष्टका अनुसार वर्षा नहुँदासम्म रोगकीराले मकैबालीमा क्षति पुर्‍याएको थियो । जब वर्षा भयो वर्षापछि मकै ढलेर झन् क्षति पुर्‍याएको उनले बताए । हावाहुरी र वर्षाको प्रभावका साथै खेतमा जंगली जनावरहरूले पनि क्षति पुर्‍याउँदै आएका छन् । बँदेल, सुंगुर, दुम्सी, स्याल र बाँदरहरूले गर्दा प्रत्येक वर्ष मकैबालीमा क्षति हुने गरेको बिष्टले बताए ।

कृषि ज्ञान केन्द्र बैतडीका अनुसार जिल्लामा १४ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा मकै खेती गरिँदै आएको छ ।

आइतवार, ३१ असार, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा