Trending
गैरआवासीय नेपाली संघ(एनआरएनए) पोर्चुगलको नजिकीदै गरेको निर्वाचनमा राजकुमार थापाले अध्यक्षमा उम्मेदवारी दिने भएकाछन् । उनी वर्तमान कार्यसमितिमा महासचिवको रुपमा भूमिका निर्वाह गरी रहेकाछन् । निर्वाचन आगामी जुलाई ३० मा हुने भएको छ । चुनावको मिति नजिकिँदै जाँदा नेतृत्वका आकांक्षिहरु देखिए पनि उन्को सम्भावना अत्याधिक रहेको छ । पोर्चुगलमा रहँदा त्यहाँ रहेका नेपालीहरुको व्यवस्थापनमा उन्ले राम्रो भूमिका निर्वाह गरेका कारण पनि उनी लोकप्रिय छन् । नेपालको संखुवासभाका थापाले युरोपमा रहँदा धेरै सामाजिक काममा पनि आफ्नो दक्षता र क्षमता देखाई सकेकाछन् । युरोपमा पासपोर्ट व्यवस्थापन, नेपालीहरुको समस्या र समाधानकालागि उन्ले संस्थागत रुपमा र व्यक्तिगत रुपमा आफ्नो भूमिका निर्वाह गरी सकेकाछन् । अधिवेशनका लागि सदस्यताको अन्तिम स्वीकृति सकिएसँगै नयाँ नेतृत्वको लागि चर्चा सुरु भएको हो । नेतृत्वका लागि वर्तमान महासचिव थापा, उपाध्यक्ष रमेश कुमार खड्का, दीपा काफ्ले लगायत दौडमा रहेका छन् ।
भावी नेतृत्व सर्वसम्मतिले चयन गरेर सामाजिक एकता कायम गर्नुपर्ने आम पोर्चुगलवासी नेपालीहरूमा आवाज रहेको देखिन्छ । दाबेदार मध्ये थापाले समाजमा आम सहमति, एकता र सहकार्यको पक्षमा आफू रहेको बताए । वर्तमान महासचिवको हिसाबले आफू अध्यक्षको स्वाभाविक दाबेदार भएको उन्को भनाई छ । आफ्नो पहिलो प्राथमिकता समाज र एनआरएनए भित्रको एकता भएको उन्को भनाई छ । सहमति र एकतामा जो भए पनि आफूलाई स्वीकार्य हुने उन्को भनाई छ । विगत १२ वर्षदेखि गैरआवासीय संघमा आबद्ध रहेर विभिन्न जिम्मेवारी पूरा गरिसकेका थापा पोर्चुगलमा सक्रिय व्यक्तित्व मानिन्छन् ।
महासचिवका रूपमा विगत दुई वर्षमा नेतृत्वदायी भूमिकाकोका साथ गरेका कामहरू, हर समयको सक्रियता र सर्वसाधारणसँगको घुलमिलको दृष्टिकोणले पनि समुदायमा उनी सशक्त उम्मेदवारका रुपमा देखिएकाछन् ।
यस्तै अर्का प्रत्याशी खड्काले पोर्चुगलको नेपाली समुदायमा हुने सामाजिक सेवा र मानवीय सेवामा योगदान दिँदै आएका छन् ।